May 15, 2025, Thursday
२०८२ जेष्ठ २

इजरायलद्धारा ईरानमाथी आक्रमण शुरु, के तश्रो विश्वयुद्धको संकेत हो ?

२०८१ बैशाख ७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.4K

 

इजरायलले शुक्रबारबाट इरानका विभिन्न सहरहरुमा मिसाइल आक्रमण गरेको अन्तराष्ट्र्रिय सन्चार माध्यमहरुले जानएको छ । आक्रमण इरानको आणविक प्लान्टमा पनि मिसाइल खसेको बताइएको छ । इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको इस्फाहान सहरको एयरपोर्टमा पनि विस्फोटको आवाज सुनिएको छ। यस सहरमा धेरै आणविक प्लान्ट छन्। इरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम पनि यही ठाउँबाट चलिरहेको छ। विस्फोटपछि धेरै उडानहरू डाइभर्ट गरिएका छन्।
इजरायलले आक्रमण शुरु भएपछि अब शक्ति राष्ट्रहरुले कस्तो प्रतिक्रिया देलान र अबको अबस्था कस्तो होला भन्ने कुराले निकै अर्थ राख्नेछ । अमेरिकाले जवाफी आक्रमण नगर्न भनेको बताइए पनि आक्रमण शु भएको छ तर यो समाचार तयार पार्दासम्म शक्ति राष्ट्रहरुको प्रतिक्रिया आई सकेको छैन । यो आक्रमणले ठुलो रुप लिएमा तेश्रो विश्वयुद्ध हुने डर राजनीतिक विज्ञहरुले व्यक्त गरेका छन ।
यसअघि इरानले गत शनिबार राति इजरायलमा करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको थियो। जसमध्ये झन्डै ९९ प्रतिशत ड्रोन र मिसाइल बीचमै खसालेको दाबी इजरायलले गरेको थियो । त्यसो त इरानले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको बदलास्वरूप शनिबार इजरायलमा आक्रमण गरेको थियो। इरानी दूतावासमा भएको आक्रमणमा १३ जनाको ज्यान गएको थियो, जसमा रिभोल्युसनरी गार्डका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका थिए। तर इजरायलले इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन।