इरानका राष्ट्रपति इब्राहिम रायसी तथा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर आइतबार दिउँसो दुर्घटनामा परेको लामो समय हुँदा सम्म फेला परेको छैन । अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार प्रतिकुल वातावरणका कारढा खोजी कार्यमा कठिनाई भईरहेको बताइएको छ । इरानी सञ्चारमाध्यम आइआरएनएमा उल्लेख भएअनुसार राष्ट्रपति इब्राहिम र विदेशमन्त्री होसेन अमिर सवार हेलिकप्टरको हार्ड ल्यान्डिङ भएको हो। त्यसको मतलव फोर्स ल्याण्डिड हो तर अवस्था अज्ञात रहेको बताइएको छ ।
अलजजिराले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको उल्लेख गरेको छ । राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए ।
हेलिकप्टर खोज्नका निम्ति ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरिएको थियो र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरिएको थियो । दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।
पाँच घन्टापछि पनि हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लागेको छैन। घटनाको विवरण अहिलेसम्म अज्ञात छ। तर प्रारम्भिक रिपोर्टअनुसार सो हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको देखिएको छ। बीस वटा उद्धार टोली र ड्रोनहरूको माध्यमबाट राष्ट्रपति सवार हेलिकप्टर खोजी भइरहेको छ। तर हेलिकप्टर अवतरण भएको भनिएको क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको बताइएको छ। आइआरएनएका अनुसार राष्ट्रपतिको सवारीमा तीन हेलिकप्टर संलग्न थिए। यीमध्ये दुई वटाले सुरक्षित अवतरण गरेका छन्।