Newyork Time 08:33 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

सरकारको दवाबमा राष्ट्रपतिका सल्लाहकार डा नेपालको राजीनामा, अर्का सल्लाहाकार प्रधान की पौडेल ?

२०८१ बैशाख ३१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी डा नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको बताएका छन् । सल्लाहकार नेपालले नेपाली नोटमा विना कुटनीतिक तयारी सरकारले चुच्चे नक्सा राख्न गरेको निर्णयलाई अपरिपक्व भन्ने अभिव्यक्ति दिएको कारण विवादमा परेका थिए । गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले २०७७ जेठ ७ गते तत्कालिन केपी ओली सरकारले सार्वजनिक गरेको नयाँ चुच्चे नक्सा एक सयको नोटमा छाप्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति छिमेकी मुलुक भारतले असन्तुष्टि जनाइसकेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया दिएका थिए । पूर्वगभर्नर नेपालले बीबीसी नेपाली सेवासँगको कुराकानीमा बुच्चेको सट्टा चुच्चे नक्सा राख्ने सरकारको निर्णयलाई असान्दर्भिक र अविवेकी भनेका थिए ।
अभिव्यक्ति दिने वित्तिकै सरकारका तर्फबाट प्रधानमन्त्रिले प्रत्यक्ष रुपमा असन्तुष्टि व्यक्त गर्दै सरकारको निर्णयको विरोध गर्ने राष्ट्रपति कार्यालयको औपचारिक धारणा के हो भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । एमाले नेता केपी ओलीले पनि राष्ट्रपति पौडेललाई फोन नै गरेर सल्लाहकारको अभिव्यक्तिबारे प्रष्टपार्नुपर्ने भन्दै राजीनामा दिन दवाव दिएको बताइएको छ । एमालेका कतिपय नेताहरुले राजनीतिक भाषण नै गरेका थिए । एमाले नेताहरुले राष्ट्रपतिलाई सल्लाहाकार हटाउन निकै दवाव दिदै अन्यथा राष्ट्रपति कार्यालयको धारणा सार्वजनिक गर्न दवाद दिएपछि राष्ट्रपतिद्धारा सल्लाहकार नेपाललाई बोलाएर हप्काएको श्रोतको दावी छ । सल्लाहकाकार नेपालले स्पष्टिकरण दिदासमेत राष्ट्रपति सन्तुष्ट भएनन् । पछि दवाब खेप्न नसकेर राष्ट्रपतिले राजीनामा मागेको बताइएको छ । यही राजनीतिक कारण राजीनामा नदिएपनि हुने भन्दै राष्ट्रपतिको सल्लाहकार समुहमा विवाद भएको बताइएको छ ।

सम्बद्ध श्रोतका अनुसार यदि सल्लाहाकारलाई राजीनामा नगराएर स्पष्टिकरणबाट टार्न खोजे पनि राष्ट्रपतिमाथी महाभियोगसम्म लगाउन सकिने विषयमा एमाले नेता केपी ओलीले तर्साएपछि स्पष्टिकरणबाट चित्त नबुझेको भन्दै राजीनामा मागेको श्रोतको दावी छ । राष्ट्रपतिले सरकारको निर्णय र मुलुकको सार्वभौमसत्ता जस्तो विषयमा मुलुकको हितको विरुद्धमा रहेको आरोपमा महाभियोगसम्म लगाउने सन्देश राष्ट्रपतिसमक्ष पुगेपछि राष्ट्रपति पौडेलले सल्लाहकार समुहलाई बोलाएर तत्काल राजीनामा दिन लगाउनुबाहेक अर्को उपाय नभएको भन्दै अत्तिएको श्रोतको दावी छ ।
राष्ट्रपतिले सल्लाहकार हटाउने विषयमा काँग्रेसका सभापति तथा नेताहरुसंग भने कुनै राय नलिएको बताइन्छ । जसका कारण काँग्रेसका एकाथरि नेताहरु राजीनामा नै दिनु पर्ने अवस्था नभएको भन्दै आएका छन ।
पुर्वगर्भनरसमेत रहेका नेपालले राष्ट्र बैकको विषयमा जानकार भएकोले आफ्नो विज्ञताको धारणा सार्वजनिक गरेको स्पष्टिकरण दिएपनि राष्ट्रपति पौडेलले एमाले र माओवादी नेताहरुको दवाव थेग्न सकेनन् । राष्ट्रपतिले सल्लाहकार नेपालको विषयामा लिएको निर्णयले वर्तमान सल्लाहकार समुहसमेत असन्तुष्टि व्यक्त गरिरहेका छन । नाम उल्लेख नगर्ने सर्तमा एक सल्लाहकारले भने यस्ता सामान्य विषयमा पनि राजीनामा दिनुपर्ने भयो भने काम गर्न पनि निकै कठिन हुने तर्क गरे । श्रोतले दिएको जानकारी अनुसार राष्ट्रपतिको सल्लाहकार भन्दा पनि पारिवारिक समुह बढी हावी भएकोले पनि सल्लाहाकारहरु सन्तुष्ट छैनन । उता सल्लाहकार समुहभित्रैबाट अर्को आर्थिक सल्लाकारका लागि लबिड भैरहेको पनि बताइएको छ । डा नेपाललाई नियूक्ति गर्ने बेला हालका रास्वपा सांसद डा स्वर्णीम वाग्लेले पनि दावी गररेका थिए । सल्लाकाकार र पार्टीले टिकट नदिएपछि पार्टी नै छोडेर स्वतन्त्र पार्टी प्रबेश गरेका थिए । राष्ट्रपतिको अािर्थक सल्लाकारमा वरिष्ठ पत्रकार प्रतिक प्रधानको नाम अग्रपक्तिमा रहेको श्रोतको दावी छ । केहि नेताहरुले अर्का काँग्रसका नेता समेत रहेका  डा विश्व पौडेलको पनि चर्चा शुरु गरेका छन ।