Newyork Time 11:21 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

ट्रम्पलाई अदालतबाट दोषी ठहर भएको २४ घण्टामा ५२ मिलियन सहयोग संकलन

२०८१ जेष्ठ २१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

475

 

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा अपराधमा अदालतले दोषी ठहराएपछि उनको चुनावी अभियानमा आर्थिक सहयोग गर्नेहरुको सख्यां ८० प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । अदालतले दोशी ठहर गरेको २४ घण्टामा ५२ मिलियन डलर रकम संकलन गरेको जनाइएको छ । अदालतबाट निस्किदै गर्दा आफुलाई अन्याय भएकोले जनताको साथ चाहिएको भन्दै सकेजति सहयोग गर्न भन्दै सहयोग अपिल गरेका थिए । यसअघि पनि उनले सहयोग रकम उठाई रहेका थिए तर जब अदालतले दोषी भने पछि झन किन सहयोगी बढेत ? यो प्रश्नकाृ उत्तर त्यति सहज छैन तर उनका समर्थक उनलाई अन्याय परेको भन्दै सरकारप्रति आक्रोस पोखिरहेका छन । पुर्वराष्ट्रपति ट्रम्पले आफुलाई वर्तमान सरकारले दोषी देखाएपनि आगामी नोभेम्बरमा हुने चुनावले आफुलाई न्याय गर्ने भन्दै अदालतप्रति पनि आक्रोस पोखे ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रिपब्लिकन पार्टीले ट्रम्पलाई उनको हश मनी अर्थात पोर्न स्टारलाई लुकाईछिपाई रकम दिएको मुद्दामा ३४ वटा अपराधमा दोषी ठहराएपछि २४ घण्टामा ५२ मिलियन डलर संकलन गरेको अभियानले सार्वजनिक गरेको हो । यो रकम संकलन हुनु आश्चर्यजनक भन्दै आएका छन । अभियानले गत बिहीबारको रकम धेरैजसो साना डलर दाताहरूबाट आएको बताएको छ । जसमा रिपब्लिकनको कोष सङ्कलन मंचमा नयाँ योगदानकर्ताले सहयोग गरेका छन् ।

सङ्घीय निर्वाचन आयोगलाई अभियानको प्रतिवेदन अर्को महिना जारी नगरेसम्म कोष सङ्कलन कुल प्रमाणीकरण गर्न नसकिने सिबिएसन्यूजले जनाएको छ ।
जुन २०२३ मा फ्लोरिडा र अगस्त २०२३ मा वाशिंगटन डिसीमा संघीय बृहत निर्णायक मण्डल ग्रान्ड जुरीले अभियोग लगाएपछि ट्रम्पको कोष सङ्कलन पनि बढेको थियो । ट्रम्पको अभियानका अनुशार न्युयोर्कको अदालतको जुरीले डोनाल्ड ट्रम्पलाई ३४ वटा अभियोगमा दोषी ठहर गरेपछिको अवधिमा फण्डरेज झण्डै दोब्बर भएको छ । बिहीबार दिउँसो अदालतको फैसला पछिका सात घण्टा भन्दा समयमा मात्र साना दाताहरुबाट झण्डै ३५ मिलियन डलर फण्डरेज भएको थियो । ट्रम्प अभियानका अनुशार पछिल्लो फण्डरेजमा फैसलाको बीचमा पठाइएको चन्दा समेत समावेश छ, जुन अदालतको फैसलापछिको साँझ ५ बजे पछि मध्यरातसम्म आएको थियो ।
डोनाल्ड ट्रम्प न्यूयोर्कको अदालतमा फौजदारी मुद्दामा दोषी ठहरिएपछि प्रेससँग कुरा गर्दै । दाताहरू मध्ये लगभग ३० प्रतिशत नयाँ रहेको जनाइएको छ । ट्रम्पका सल्लाहकारहरुले अब वास्तविक फैसला चुनावको दिन नोभेम्बर ५ मा आउने बताएका छन् । जुनदिन ट्रम्पले राष्ट्रपति जो बाइडेनसँग प्रतिस्पर्धाको सामना गर्ने तयारीमा छन् ।

स्मरणीय के छ भने अमेरिकी लोकतन्त्रलाई संसारकै उन्नत लोकतन्त्र मानिन्छ । जहाँ अमेरिकाका सस्थापकहरुले लोतान्त्रिक शासन व्यवस्थाका लागि योगदानको नमन गर्दछन ।
सरकारका सम्पूर्ण स्वरूपहरूमध्ये लोकतन्त्र कठिन, संभवतः सबभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ । यो अनेकौं किसिमका तनाव र विरोधाभासहरूले भरिएको हुन्छ र यसमा लागेकाहरूले यसलाई कार्यरूप दिन निरन्तर खटिइरहनु पर्दछ । लोकतन्त्रको परिकल्पना फटाफट चाहे जस्तो गरी काम हुन सकोस् भन्नाका लागि नभई जवाफदेही रूपमा काम होस् भन्ने होः कुनै पनि लोकतान्त्रिक सरकारले एउटा तानाशाही सत्ताले जत्तिकै छिटो गरी काम गर्न सक्षम नहुन सक्छ । तर जब एउटा कार्यविधि तय गरिन्छ त्यसले आम जनसमर्थनको गहिरो तलाउबाट शक्तिस्रोत प्राप्त गर्दछ । लोकतन्त्रले र अवश्य पनि अमेरिकामा देखिने यसको स्वरूपले कहिल्यै पनि आफ्नो अन्तिम चित्र बनाइसकेको हुँदैन, यो निरन्तर विकसित भइरहन्छ । गत दुई शय वर्षमा अमेरिकी सरकारको बाहिरी रूपमा कमै मात्र परिवर्तन भएको देखिन्छ, तर यदि हामीले सतहभन्दा अलि गहिरिएर हे¥यौं भने यसमा प्रशस्त फेरबदलहरू भएको फेला पार्नेछौं । तैपनि, अधिकांश अमेरिकीहरूले जायज रूपमै के विश्वास गर्दछन् भने उनीहरूको सरकारको बारेमा अन्तर्निहित सिद्धान्तहरू सन् १७८७ मा संविधानका निर्माताहरूले पहिलोपल्ट अभिव्यक्त गरेका सिद्धान्तहरूबाटै अनुप्रेरित छ ।
तर आज अमेरिकी लोकतन्त्रमाथी पनि प्रश्न उठ्न थालेको हो की राष्ट्रवादी पपुलिज्म हावी हुँदै गएको हो । यो संसारभर देखिने केहि परिदृष्यहरुले संसार फेरी लोकतन्त्रबाट राष्ट्रवादी तन्त्रतिर अग्रसर हुनथालेको आभाष हुन्छ । होईन भने अदालतले दोषी ठहर गरेको व्यक्तिलाई यो खालको जनसमर्थनले के केो संकेत गर्दछ भन्दै अमेरिकी राजनितीमा यतिखेर बहसको विषय बन्न थालेको छ । संसारलाई लोकतन्त्र सिकाउने पण्डितहरुका लागि यो एउटा नयाँ चुनौति बन्ने निश्चित छ ।