Newyork Time 07:18 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

सन्दिप लामीछाने टि २० विश्वकप क्रिकेट खेल्न वेष्ट ईण्डिजमा (क्यानको विज्ञप्ति)

२०८१ जेष्ठ २८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

955

 

विश्वमा नेपाल चिनाएका क्रिकेटर सन्दिप लामीछाने अमेरिकाले भिषा नदिएपनि वेष्ट ईण्डिजमा हुने दुई खेलमा भाग लिन वेष्ट ईण्डिज पुगी सकेको समाचार छ । क्यानद्धारा जारी विज्ञप्तिमा खेल खेल्न उनि त्यसतर्फ लागेका हुन । जे होस क्यानले आफुमाथी लागेको आरोपहरुलाई चिर्दै सन्दीपलाई वेष्ट ईण्डिजमा उतारेर त्यहाँ हुने खेलमा नेपालले जित्न सके नेपालीका लागि अर्को सफलता हुनेछ ।

टि २० आईसिसि क्रिकेटको वेष्ट ईण्डिजमा दुई खेल हुनेछ । जसमा नेपाल आगामी खेलहरु अफ्रिका, वंगलादेश र श्रीलंकासंग खेल्नेछ । जसमा अमेरिकाको फ्लोरिडामा १२ तारिक श्रीलंकासंग खेल्नेछ भने बाँकी दुई खेल असार १ मा नेपालविरुद्ध दक्षिण अफ्रिका, वेष्ट ईण्डिजको आरोन्स भेल ग्राउण्ड किंग्स टाउनमा र असार ३ गते १७ जुनमा नेपालविरुद्ध बंगलादेशसंग आरोन्स भेल ग्राउण्ड किंग्स टाउन वेष्ट ईण्डिजमा हुनेछ । दुई खेलका लागि सन्दीपलाई क्यानले वेष्ट ईण्डिज पुर्याएको खबर छ । जुन नेपाली खेल पे्रमीहरुका लागि खुसीको कुरा हो । यस अघि अमेरिकाको टेक्सासमा भएको खेलमा नेपाल नेदरल्याण्डसंग एक खेल हारी सकेको छ । पुर्ण समाचार क्यानद्धारा जारी विज्ञप्तिमा उल्लेखित छ ।