Newyork Time 11:25 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

सहकारीको १६ करोड ठगीमा राप्रपाका संसाद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ बैशाख १९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

445

 

सहकारी ठगीको श्रृखला राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो नेताहरुको कहिं न कहिं संलग्नता देखिएको बेला अकौ राप्रपाका संसादको पनि संलग्नता भेटिएको छ । नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी भएको छ । छिपछिपे सहकारीको रकम हिनामिना पार्ने काम गरेको भन्दै उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लागेको हो । राप्रपा सांसद बस्नेतसहित केही जनालाई पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । संघीय संसद सचिवालयको अनुमति लिएर पक्राउ गर्नुपर्ने भएकाले प्रक्रियामा गएको प्रहरीको भनाइ छ ।

राप्रपा सांसद बस्नेतको समेत संलग्नतामा नवलपुरसहित बुटवल र बर्दियामासमेत गरी सहकारीको रकम ठगी भएको प्रहरीले जनाएको छ । बस्नेतमाथि संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ । कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डे र नगेन्द्रबहादुर रिमालसँगको अवैध कारोबार र संलग्नता देखिएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । सहकारी ठगी प्रकरण ७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौं । अन्य अनुसन्धान पनि अगाडि बढिरहेको छ,’ नवलपुरका एसपी नरहरि रेग्मीले भने ।
सञ्चालक योगेन्द्र पाण्डे, नगेन्द्रबहादुर रिमाल, विकास सापकोट, कृष्ण ज्ञवाली, सञ्जीवकुमार महतोलगायत पक्राउ परिसकेको एसपी रेग्मीले जानकारी दिए ।

प्रहरी कार्यालय कावासोती र वित्तीय विश्लेषक तथा छानबिनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको थियो । राप्रपा सांसद बस्नेतलाई वैशाख १४ गते पक्राउका लागि अनुमति लिइएकोमा हालसम्म उनी फरार रहेकी छिन् ।
सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा बढी उनका ज्वाई नगेन्द्रबहादुर रिमाल र उनीहरुका साथीमार्फत् रकम निकासी गरेको अनुसन्धानले देखाएको छ ।