Newyork Time 01:43 am
May 19, 2024, Sunday
२०८१ जेष्ठ ६

अमेरिकी पुर्वराष्ट्रपति ट्रम्पलाई जेल सजाँय हुनसक्ने चेतावनी, अदालतको मानहानी मुद्दामा हजार डलर जरिबाना

२०८१ बैशाख २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

155

 

पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको र फर्जी व्यापार सन्दर्भमा ३४ वटा अभियोगको सामना गरिरहेका पुर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले मान हानी मुद्दामा एक हजार डलर जरिबाना तिराएको छ । १ हजार डलर जरिवानाले ट्रम्पलाई चुप लगाउन काम नगरेकाले आगामी दिनमा अदालतले जेल सजायको बारेमा विचार गर्नुपर्ने न्यायाधीश जुआन एम मर्चनले चेतावनी दिएका छन । ट्रम्पको भनाई न्यायको निष्पक्ष प्रशासनमा हस्तक्षेप गर्ने धम्की र कानूनको शासनमा प्रत्यक्ष आक्रमण भएको बताउँदै न्यायाधिसले यसलाई जारी राख्न अनुमति दिन नसक्ने बताएका छन् ।
न्युयोर्कको अदालतमा डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा हेरिरहेका न्यायाधीशले सोमबार ट्रम्पलाई मुद्दाबारे अदालतबाहिर अनावश्यक टिप्पणी नगर्न दिएको आदेशको उल्लङ्घन गरेकोमा १ हजार डलर जरिवाना गरेको हो । उनलाई त्यति मात्रै नभएर यस्तै थप थप उल्लङ्घन गरे जेल सजाँय हुन सक्ने चेतावनी दिइएको संचार माध्यमहरुले जानएको छ । पोर्नस्टार स्टोर्मी डानियललाई चुप लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा मुद्दा चलिरहेको छ । किनभने ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको छ ।

गत महिना ट्रायल सुरु भएदेखि ट्रम्पलाई दोस्रो पटक जरिवाना लगाइएको छ । किनभने ट्रम्पलाई चलिरहेको मुद्दामा न्यायाधीश, साक्षी र केससँग घनिष्ठ रूपमा जोडिएका अन्य व्यक्तिहरूको बारेमा उग्र टिप्पणी गर्न रोक लगाइएको थियो तर उनले लगातार अदालमाथी ओरोप लगाई रहेका छन । उसलाई गत हप्ता ९ वटा उल्लंघन गरेकोमा प्रत्येक उल्लंघनको १ हजार डलरको दरले ९ हजार डलर जरिवाना गरिएको थियो । ट्रम्पले टेलिभिजन च्यानल रियल अमेरिकाज् भ्वाइससँग अप्रिल २२ को अन्तर्वार्तामा जुरीहरु सबै डेमोक्र्याटहरू भएको भन्दै कडा आलेचना गरेका थिए ।