Newyork Time 07:46 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

इटहरीमा शान्ति गजमेरले सुरु गरिन पुस्तक पढ्ने-पढाउने अभियान

२०७८ भाद्र ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

4.2K

इटहरी । इटहरीमा वैज्ञानिक समाजवादी अभियान्ता शान्ति गजमेरले पुस्तक पढ्ने पढाउने अभियान सुरु गरेकी छन् । उनले आफ्नो नाङ्गलो अर्गानिक मार्टमा मार्क्सवाद, वैज्ञानिक समाजवाद, विज्ञानप्रविधि, अर्थव्यवस्था, इतिहास, महिला मुक्ति, प्रगतिशिल साहित्य, आदि सम्बन्धीत निकै महत्वपूर्ण पुस्तकहरु अभियानका रुपमा सस्तो मूल्यमा विक्रीका लागि राखेका छन् । उनका अनुसार नाफा कमाउन नभएर समाजवादीहरुका बीचमा वैचारिक अभियान कमजोर बन्दै गएको, पढ्ने संस्कृति हराउँदै गएकाले पढ्ने पढाउने अभियानलाई व्यापक बनाउने उद्देश्येले यो काम सुरु गरिएको हो । त्यहाँ पुस्तकका लागि सम्पर्क गर्नुहुने पठकहरुले आफ्नो रुचीका पुस्तकहरु अर्डर गरेको खण्डमा काठमाडौंबाटै पनि तुरुन्त मगाइदिने व्यवस्था रहेको उनले बताइन् । पुस्तक किन्न नसक्ने तर पढ्ने रुची भएकाहरुका लागि त्यही बसेर पढ्ने व्यवस्था पनि गर्ने तयारी भइरहेको उनले बताइन ।

वैज्ञानिक समाजवादका अभियान्ता गजमेर भन्छिन्, म एउटा वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि अभियानमा हिडेकी एक सदस्य हुँ । हाम्रो देशभर सञ्जाल छ । यो अध्ययनको अभियानलाई हामी एउटा आन्दोलन नै बनाउन प्रयन्त गरिरहेका छौं । हजारौं र लाखौं मानिसहरु यो अभियानमा नजोडिइ अब हामीले समाजलाई बदल्न सक्दैनौं ।

सामाजिक व्यवस्थालाई बदल्न पहिला पुरानो विचारधारालाई विस्थापित गरेर नयाँ विचारधारा स्थापित गर्नुपर्छ । समाजमा विभेद छ, अन्याय र अत्याचार छ । त्यसको जड परम्परागत सोचविचार र संस्कृति नै हो । त्यसलाई बदल्न वैचारिक अभियानलाई व्यापक बनाउनुपर्छ र सामूहिक उत्पादन प्रणालीलाई सुरु गर्नुपर्छ । वैज्ञानिक समाजवादका अभियान्ता शान्तिको भनाइ छ । विज्ञान प्रविधि मूख्य उत्पादक शक्ति बनेको यो नयाँ युगमा हामीले पनि विज्ञानप्रविधिलाई उपयोग गरेर पछौटे समाजलाई बदल्नुपर्ने उनको मत छ ।

पुस्तकका लागि सम्पर्क
9862059172