Newyork Time 12:21 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

पत्रकार महासंघको २७ औं महाधिवेशन लुम्बिनीमा

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

935

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो ।

बैठकले प्रदेश अधिवेशन वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णयसमेत गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेश गर्न निर्देशन दिइएको छ ।

अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने निर्णय छ । बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्याक्ष रमेश विष्ट र महासचिव रोसन पुरीको नेतृत्वमा स्टेरिङ समिति गठन गरेको छ ।

सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश र शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्ने जनाइएको छ । सोहीअनुरुप समन्वय गर्न दश वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकिएको छ ।

कोशीमा उपाध्यक्ष बाला अधिकारी, मधेशमा सचिव दीपेन्द्र चौहान, बाग्मतीमा सचिव सिर्जना अर्याल, गण्डकीमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनीमा उपाध्यक्ष उदय जिएम, कर्णालीमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिममा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईलाई जिम्मेवारी तोकिएको छ ।