Newyork Time 05:19 am
May 9, 2024, Thursday
२०८१ बैशाख २७

ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष अर्याल रिपोर्टस क्लवबाट सम्मानित

२०८० चैत्र १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

435

काठमाडौं,  ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल रिपोर्टस क्लव नेपालबाट सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले उनलाई संयुक्त रुपमा सम्मान गरेका हुन् । अर्यालले विगत लामो समयदेखि युवाका क्षेत्रबाट समाजसेवामा निम्ति योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ मा ढोलामा जन्मिएका ३२ वर्षीय अर्यालको नेतृत्वका स्थापित ग्लोबल युथ पार्लियामेन्टमा हाल ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन्  । यस्तै उनकै सक्रियतामा ८० देशका एक हजारभन्दा बढी युवाले नेपाल भ्रमण गरिसकेका छन् । अर्याल यसअघि नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा सम्मान २०७९ र ‘समाजसेवा रत्न २०७९’ बाट समेत विभूषित भईसकेका छन् ।