Newyork Time 12:18 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

नीलकण्ठमा पढ्ने पुर्वविधार्थीहरुद्धारा १० लाखको अक्षयकोष स्थापना

२०८१ जेष्ठ २१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

710

 

धादिड जिल्लाको सदरमुकाम धादिडबेसीस्थित नीलकण्ठ माविमा अध्ययन गरेका पुर्व विधार्थीहरुद्धारा गठित पुर्व विधार्थी समाजले १० लाखको अक्षयकोषसहित अभिभावक प्रतिक्षालय निर्माण गर्ने भएको छ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बोल्दै विद्यालयको पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर सूयप्रसाद अधिकारीले समाजको कार्यसमितिको वैठकले निर्णय गरे बमोजिम अक्षय कोषसहित अभिभावक प्रतिक्षालय निर्माण गर्ने घोषणा गर्नुभएको हो ।

समाजले विद्यालयमा अध्ययन गर्ने कोहि विद्यार्थी रकमको अभावमा गुणस्तरीय शिक्षा लिनबाट बन्चीत नहुन भन्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन गर्न सहयोग गर्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो । त्यस्तै समाजले विद्यालय हाता भित्र आएका अभिभावकहरुलाई बस्न सहज होस भनि सुविधा सम्पन्न अभिभावक प्रतिक्षालय निर्माण गर्ने समेत घोषणा गरेको छ ।

विद्यालयमा विद्यार्थीको शैक्षिक अवस्था बुझ्न देखि विबिध काम लिएर आउने अभिभावकलाई बस्न सहज होस भनि प्रतिक्षालय निर्माण गर्न लागीएको बताईएको छ । १० लाख बाट सुरु गरिने अक्षय कोषलाई बढाउदै लैजाने समाजले योजना बनाएको छ । सेवामूलक भावनाले पूर्व विधार्थीहरूको नामबाट विद्यालयमा शैक्षिक उन्नयनमा सहयोग गर्ने उद्धेश्यले २०७७ सालमा स्थापना भएको नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले यो समाज विना राजनैतिक र विना नाफामुखि भएको भन्दै विद्यालयका पुर्व विद्यार्थीहरुलाई कोष निर्माण देखि प्रतिक्षालय निर्माणमा स्वईच्छाले सहयोग गर्न समेत आवहान गरेको छ ।