Newyork Time 01:08 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

कुन देशमा को को बने २९ जना पर्यटनदुत बने ?

२०८० चैत्र १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

425

 

सरकारले बेला बेला गर्ने केहि राजनीतिक नियूक्ति केवल आफ्ना कार्यकर्तालाई गरी खाउ भन्नकै लागि जस्तो देखिन्छ । विगतदेखि कै परम्परा पच्छ्याउँदै यसपाली पनि सरकारले विभिन्न देशमा पर्यटन दुत भन्दै नियूक्तिपत्रको खोस्टो थमाएको छ । केहि नियूक्ति यस्ता मानिसलाई गरिएको छ कि उनिहरु आफ्नो व्यवसायसमेत छैन घण्टा हानेर दैनिकी गुजारा गर्नेहरुले कसरी सरकारका लागि पर्यटन दुत भएर काम गर्लान आम चासोको विषय बनेको छ । यसकोमतलव सबै त्यस्ता छैनन केहि पर्यटन दुत हुनु अगावै निकै राम्रा काम गरेकाहरु पनि छन । त्यसैले यस्ता नियूक्ति दिदा कार्यकर्ता भन्दा पनि विज्ञ र योगदान दिनसक्ने हुनु पर्दछ जसले गर्दा नियूक्ति पाउनेहरुको पनि केहि महसुश गरोस ।

सरकारले विभिन्न मुलुकमा २९ जनालाई पर्यटन प्रवर्द्धक नियुक्त गरेकोमा कतारका लागि राजेन्द्र कुमार शर्मा, माल्टाका प्रकाश भण्डारी, युकेका लागि सोमनाथ सापकोटा , संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनियाको लागि विनोद अधिकारी, न्यूयोर्कको लागि गोकुल श्रेष्ठ, नर्थ क्यारोलिनाको लागि विक्रम घिमिरे, मेरिल्याण्डको लागि राजु पराजुली र बोष्टनको लागि मिलन गुरुङ, संयुक्त अधिराज्य तर्फ वेल्सको लागि सोमनाथ सापकोटा र आयरल्याण्डको लागि बसन्त न्यौपाने, क्यानडामा टोरन्टोको लागि सुमन अधिकारी, ब्रम्पाटोन सिटिको लागि बेखामान व्यञ्जनकार, एडमोन्टोन सिटीको लागि सुवास गिरि, कलग्यारी सिटीमा सन्तोषराज दाहाल र ह्याम्पसायर सिटीको लागि सन्तोसराज दाहाललाई पर्यटन प्रवर्द्धक दूतका लागि नियुक्त गरिएको छ।