Newyork Time 07:44 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

सहकारी ठगीमा निष्पक्ष छानबीन गर्न माग

२०८० चैत्र ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

850

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणको अनुसन्धानका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु बाट जबाफ मागेको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदसमेत रहेका महामन्त्री गगन थापाले सहकारी प्रकरणलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन्।

‘सहकारीमा जसले ठगी गरेको छ, निष्पक्ष ढंगले अनुसन्धान होस् भन्ने हाम्रो माग हो,’ थापाले भने, ‘एउटा पनि प्रमाण नष्ट नहोस्। अहिले प्रहरीसँग प्रमाण छ। पीडितहरूले जम्मा गरेर दिएका छन्,’ गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उनले भने, ‘जो मुछिएको छ ऊ आफैँले अनुसन्धान गर्छ भनेर हामीले कसरी पत्याउने, त्यसैले प्रधानमन्त्रीबाट जबाफ चाहिएको छ।

महामन्त्री थापाले एक सय जनाले नक्कली खाता खोलेर पोखराको सूर्यदर्शन सहकारीबाट पैसा लिएको पनि बताए। ‘१०० जना मानिसहरूले नक्कली खाता खोलेर करिब एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन्। यसरी नक्कली खाता खोल्ने मानिसमध्ये एउटाको नाम हो( रवि लामिछाने। माननीय गृहमन्त्री लामिछाने भोलि प्रधानमन्त्री बन्नुहोला। शुभकामना छ। बन्न पनि सक्नुहुन्छ। अलग विषय हो। रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ, सहकारीको सदस्य हुनु हुन्न। यो गैरकानूनी छ,’ थापाले भने।

भिडिओ: