Newyork Time 05:49 pm
May 1, 2024, Wednesday
२०८१ बैशाख २०

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल ललितपुरको भेला सम्पन्न

२०७८ भाद्र २९
Read Time : < 1 मिनेट

745

ललितपुर । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेपालको ललितपुर जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
सोमबार ललितपुरमा सम्पन्न भएको सोही भेलाले १७ सदस्यीय कमिति गठन गरेको छ । भेलाले संयोजकमा भूपाल साम्पाङ र सचिवमा मञ्जु थापा मगरलाई चयन गरेको छ । सदस्यहरुमा टिका घिमिरे, असिम राई, बिधिसा महर्जन, कमला तिवारी, राज थापा, दिपक घिमिरे, अशोक थुलुङ्, नगेन्द्र घिमिरे, अनुज परियार र स्यामसुम तामाङ रहेका छन् ।

संयोजक साम्पाङले पार्टीको नीतिअनुसार अब ललितपुरको नवगठित जिल्ला समितिले समाजवादी उत्पादन प्रणाली निर्माणको नेतृत्व गर्ने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनले थुप्रै राजनीतिक संघर्ष गर्यो तर तल्ल तहका नागरिकका समस्या समाधान गर्नेगरी कुनै प्रणाली निर्माण गर्न सकेन । उनले भने – हामी समाजवादी प्रणाली निर्माण गर्ने योजनासहित अगाडि बढिरहेका छौं ।