Newyork Time 02:51 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

सहकारी ठगीको विषयमा गृहमन्त्रिविरुद्ध कमेन्ट गर्दा सिआईवीको यातना सहन नसकेर आत्महत्या प्रयास

२०८१ बैशाख १३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

280

 

गृहमन्त्री रवि लामिछानेविरूद्द सहकारी ठगीको विषयमा कमेन्ट गर्दा सिआईविका प्रहरीले टर्चर गरेको भन्दै एक युवाले विष सेवन गरेका छन् । गणेशमान सिंह ठकुरी नाम गरेका युवाले गृहप्रशासनले दिएको मानसिक तनावका कारण आफूले बिष सेवन गर्नुपरेको अस्पतालको शैय्याबाट भिडियो सार्वजनिक गरेका छन् । उनले आफूले गृहमन्त्री लामिछानेमाथि अहिले उठिरहेको सहकारी ठगीको विषय उठाउँदा आफूलाई प्रहरीले टर्चर दिएको बताएका छन् ।

ठकुरी त्रिभुवन विश्वविद्यालयमा अध्ययननरत विद्यार्थी हुन् । उनले आफूलाई कमेन्ट लेखेको विषयलाई लिएर सिआइबीले टर्चर दिईरहेको आफ्ना साथीहरूलाई बताएका थिए । विष सेवन गर्नुअघि पनि उनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्याम ओझालगायतलाई म्यासेज गरेका थिए ।

वीर अस्पतालमा आइसियु नपाएपछि ठकुरीलाई उपचारका लागि किर्तिपुर अस्पताल लगिएको त्रिविका स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए ।

सभापति ओझाले आफ्नो फेसबुकवालमा लेखेका जस्ताको तस्तै ः