April 23, 2025, Wednesday
२०८२ बैशाख ११

अमेरिकामा नेपाली डाक्टरको नयाँ नेतृत्वमा डा सापकोटा निर्वाचित

२०८१ जेष्ठ २७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.2K

 

अमेरिका नेपाल मेडिकल फाउन्डेसन एएनएमएफको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित भएका छन् । शिकागोमा अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरुको सॅस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको २८ औ साधारण सभाले डा सापकोटालाई निर्वाचित गरेको हो ।

जुन ७ र ९ सम्म आयोजना भै रहेको एएनएफएमको २८औ बार्षिक साधारणको औपचारिक समापनपछि सापकोटा लगायत केही पदाधिकारीहरु निर्वाचित भएका छन् । यसै गरि आज भएको निर्वाचित समितिको घोषणा अनुसार अध्यक्षमा विष्णु सापकोटा, उपाध्यक्षमा नारायण न्यौपाने, सचिवमा नविन कैनी,सह(सचिव विकाश भट्टराई ,कोषाध्यक्षमा कल्पना श्रेष्ठ तथा निवर्तमान अध्यक्ष विनोद खडका रहेका छन्। उनिहरु २०२४ र २०२५ को लागि निर्वाचित भएका हुन्।