Newyork Time 11:52 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

अस्ट्रेलिया एनएसडब्लु संसद फ्रेन्ड्स अफ नेपाल गठन

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

610

एनएसडब्लु राज्यका प्रभावशाली राजनीतिज्ञहरूको उपस्थितिमा पार्लियामेन्ट्री फ्रेन्ड्स अफ नेपाल गठन भएको छ।

अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेल, पूर्व महावाणिज्यदूत दीपक खड्का र एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको उपस्थितिमा यसै साता एनएसडब्लु संसद फ्रेन्ड्स अफ नेपालको गठन भएको छ।

जसमा लिबरलमा सांसद तथा प्रभावशाली नेता ज्याकी मुन्रो र लेबरकी सांसद जुलीया फीन सहअध्यक्ष छन्। अस्ट्रेलियास्थित नेपाली राजदूतावासको पहल उक्त  कमिटी गठन भएको हो।

एनएसडब्लु संसद फ्रेन्ड्स अफ नेपालको  कार्यक्रममा सांसद तथा मल्टिकल्चर छाया मन्त्री मार्क कुरे, एनएसडब्लु मल्टिकल्चर संसदीय सचिव मार्क बटिङ, पारामाटाका डोना डेभिसको उपस्थिति रहेको थियो।

यस्तै, सांसदहरू तान्या डेभिस, ज्यासोन यात, जेम्स ग्रिफिन पनि संसदमा नेपाली साथी टोलीमा सामेल भएका छन्।

लगभग ७० हजारको हाराहारीमा नेपाली बसोबास गर्दै आएको यो राज्यमा सबभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।

बढ्दो नेपाली समुदायका पनि आफ्नै खाले मुद्दा भएकोले सुनुवाइ र सहयोग आदान प्रदानका लागि अस्ट्रेलियन सरकारसँग सिधै पुग्ने यो बलियो माध्यम बनेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल बताउँछन्।