Newyork Time 01:15 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा पाण्डे

२०८१ बैशाख २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

745

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । मञ्चको शनिबार क्यानबेरामा भएको छैटौं अधिवेशनले पाण्डेको नेतृत्वमा सहमतिबाट ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षहरुमा बाबु गौतम, गौतम लामिछाने, राजन नेपाल, आविष्कार पाण्डे, महासचिवमा प्रतीक पोखरेल, सचिवमा खिम भण्डारी, मायाप्रसाद सुवाल, अशोक ढुंगेल, कोषाध्यक्ष सुमन न्यौपाने र सहकोषाध्यक्षमा सन्तोष कँडेल चयन भएका छन् ।

सदस्यहरुमा कलम खड्का, आयुषी अधिकारी, सुदीप शर्मा, अनिष ढकाल, अनिल बिक, सुमन दाहाल, अशोक ढकाल, रामचन्द्र भट्टराई, प्रदीप राई, मनिष खनाल, तिलकप्रसाद उपाध्याय, जगदीश देवकोटा, श्याम पौडेल, कौशल उप्रेती, धर्मराज अधिकारी, जीवलाल न्यौपाने, रमेश बेल्वासे, अर्जुन पौडेल, गणेश श्रेष्ठ लगायत छन् । सोही अवसरमा माओवादी वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताल, प्रवास समन्वय समितिका सचिव टीपी पाठक, ओसियाना कमिटीका संयोजक शेषमणि शेर्मा र सुनिता रेग्मीले नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गरेका थिए ।