Newyork Time 08:12 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

कर्णालीमा ब्लड बैक बनाउन अमेरिकाका नेपाली डाक्टरद्धारा सबा करोड सहयोग

२०८१ बैशाख ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

500

 

अमेरिका नेपाल मेडिकल फाउनडेसनले कर्णाली एकाडेमी एफ हेल्थ साइन्सेसको लागि ब्लड बैंक बनाउन १ करोड २२ लाख रुपैंया सहयोग गर्ने भएको छ । बिगत २७ बर्षमा अमेरिका नेपाल मेडिकल फाउनडेसनले ३०० वटा भन्दा बढी परियोजनामा काम गरि सकेको बताएको छ । नेपालबाट अमेरिका आएर पेशामा आवछ मेडिकल डाक्टरहरुको यो संस्था अमेरिकामा सन् १९९७ मा स्थापना भएको हो ।

यो परियोजनाले महत्वपूर्ण स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्ने, आपतकालीन तयारीमा बृद्धि गर्ने, सामुदायिक संलग्नतालाई प्रवर्द्धन गर्ने र नेपालको सबैभन्दा ग्रामीण क्षेत्र मध्येको एक कर्णाली प्रदेशको जनसंख्याको समग्र कल्याणमा योगदान दिने अपेक्षा गरिएको सस्थाका अध्यक्ष विनोद खड्काले बताएका छन ।
साथै आगामी जुन ७ र ९ सम्म अमेरिकाको शिकागोमा अमेरिका नेपाल मेडिकल फाउनडेसनको २८ औ बार्षिक साधारण सभा हुने भएको छ । अमेरिकामा रहेका नेपाली मुलका डाक्टरको यस संस्थाले स्थापनाकालदेखि नै नेपालका विभिन्न दर्जनौ सस्थाहरुलाई लाखौं डलरको विभिन्न उपकरण औषधी तथा शिविर स्थापना गरी मानवीय सहयोग गर्दै आएको छ ।

अध्यक्ष खड्काका अनुसार कर्णाली एकाडेमी एफ हेल्थ साइन्सेसका उपकुलपति चिकित्सक डा मङ्गल रावल एएनएमएफको शिकागोको २८ औ बार्षिक साधारण सभामा आउने र त्यहि सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । अमेरिका नेपाल मेडिकल फाउनडेसनका अध्यक्ष बिनोद खड्काले अमेरिकाको शिकागोमा हुने २८ औ बार्षिक साधारण सभामा सबैलाई सहभागी हुन् आह्वान समेत गर्दै प्रमुख वक्ताको रुपमा संयुक्त राष्ट्र संघका सहायक पुर्व महासचिव कुलचन्द्र गौतम पनि आउने बताए । कार्यक्रममा मंगोलियन हर्टका राजु लामाको पनि प्रस्तुति हुनेछ ।