Newyork Time 01:41 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

क्यानडाको सांसद पदको चुनावमा उम्मेदवार बन्दै अनिल थापा

२०८१ बैशाख ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

495

 

आप्रवासनको ईतिहास छोटो भएपनि नेपाली पहिलोे पुस्ताका आप्रवासीहरु जुन देशमा पुगेका छन त्यहि देशमा जमेर आफ्नो आर्थिक समृद्धि मात्रै गरेका छैनन विस्ता त्यहिको स्थानीय राजनीतिमा हक जमाउन थालेका छन । त्यसको ताजा परिणाम अमेरिकामा ह्यारी भण्डारीले ईतिहास रचि सकेका छन । अमेरिकामा अर्का राज्यहरुमा अन्य उपल्लो तहमा कयौनले प्रतिस्पर्धा गर्दै गर्दा अमेरिकाबाट छिमेकी देश क्यानडामा पनि राजनीतिमा होमिन थालेका छन । त्यसको ताजा उदाहरण बनेका छन पुर्वसंचारकर्मी तथा पाईलट अनिल थापा । हुन त क्यानडा जस्तो शक्तिशाली देशमा राजनीतिमा त्यति सहज छैन तर थापाले लामो समय स्थानीय राजनीतिमा गरेको योगदानको आधारमा उनि सो राम्रो पोजिसनमा रहेको स्थानीय नेपाली समुदायको भनाई छ ।

क्यानडामा सन् २०२५ अक्टुबरमा हुने गई रहेको तिन सय ३२ सदस्यीय तल्लो सदनको संसद् सदस्यको चुनाबमा उम्मेदवार हुन् हुने तयारीमा जुटेका छन । विन्डसर वेस्ट क्षेत्रबाट कन्जरभेटिभ पार्टी अफ क्यानडा (सी पी सी) को उम्मेदवारको लागि नेपाली मुलका क्यानडेली नागरिक अनिल थापा हाल आन्तरिक प्रतिस्पर्धामा रहेको बताइएको छ । यदि थापाले चुनाव जिते क्यानडामा सबैभन्दा उच्च स्थानमा पुग्ने नेपाली मूलको ब्यक्तिमा पर्नुहुनेछ। थापा सन् २०२४ को जुन वा जुलाई महिनामा हुने आन्तरिक प्रतिस्पर्धाको तयारीमा रहेका छन ।

सन् २००१ मा अमेरिका र त्यसपछि २००५ मा क्यानडा जानु भएका थापा बिगत १८ बर्षदेखि आफ्नै पहलमा नेपाली भाषामा रेडियो नमस्ते नामक रेडियो सन्चालन गर्दै आउनु भएको छ । सन् २०१३ मा एन आर एन क्यानडा का अध्यक्षको कार्यभार समेत सफलतापुर्बक सम्हालिसक्नु भएको छ।