Newyork Time 12:13 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

जापानमा जुन ८ र ९ मा नेपाल फेष्टिवल

२०८१ बैशाख १९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

430

नागोया – जापानको नागोया शहरमा जुन ८ मा नेपाल फेस्टिभल तयारी तिब्र पारिएको छ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० जापान नागोया क्षेत्रीय समितिको आयोजनामा तेस्रो नेपाल फेस्टिभल मूल आयोजक समितिका संयोजक देब घिमिरेले जानकारी दिए। फेस्टिभलको उप(संयोजकको जिम्बेवारीमा भने यम बहादुर पाइजा र नरेश राई दिईएको छ ।

आउँदो जून ८ तारिख शनिबार र ९ तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेस्टिभलको आयोजना गरिएको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बताए । जापानीलाई नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैको साथ र सहयोग रहनेमा आफू विश्वत रहेको गौतमले बताए ।

फेस्टिभल सम्पन्न गर्नका लागि बिभिन्न उप(समितिहरु बनाई काम तिब्र गतिमा भई रहेको बताईएको छ। फेस्टिभलका आर्थिक समिति संयोजक समेत रहेका दिपक कार्कीका अनुसार फेस्टिभल लाई सभ्य र भव्य बनाउन लागि परेको बताउँछन्। कम खर्चमा उत्कृष्ट फेस्टिभल सम्पन्न गरिने छ , कार्कीले बताए।

फेस्टिभल आयोजक समितिका प्रचार – प्रसार संयोजक बिष्णु प्रसाद घिमिरेका अनुसार फेस्टिवलको व्यापक प्रचार(प्रसारमा लागेका छौं। नेपाली समुदाय मात्र नभई जापानीज समुदायहरूमा पनि फेस्टिभलको बारेमा व्यापक प्रचार(प्रसार गरिएको छ। जापान स्थित जाईका लगाएत संघ – संस्थाहरु मात्र होईन , जापान स्थित स्थानिय सरकार आईचिकेन , नागोया सी लगाएत पनि फेस्टिभल आयोजनामा सहभागी हुनु राम्रो पक्ष हो , घिमिरेले भने।