Newyork Time 08:00 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

एनआरएनए जर्मनीद्वारा विष्णु माया परियारलाई सम्मान

२०८१ जेष्ठ १४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

290

बालबालिका, महिला तथा दलितको हक हितका लागि काम गर्दै आएकी सामाजिक अभियन्ता डा. विष्‍णु माया परियारलाई एनआरएनए जर्मनीले सम्मान गरेको छ।

जर्मनीमा नेपाली राजदूत रामकाजी खड्का सहभागि एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

नेपाल दलित महिला विकास संघको संस्थापक उनले लामो समयदेखि सीमान्तकृत दलित महिला तथा बालबालिकाको हकहितका लागि काम गर्दै आएका छन्। उनको कामले विश्वभरि नै चिनाएको भन्दै उनलाई सम्मान गरिएको थियो।

उनको स‌ंस्थाले २५ हजार बालबालिका, एक लाख २५ हजार बढी महिला तथा सीमान्तकृत महिला र उनका परिवारहरूलाई सहयोग गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता एनआरएनए जर्मनीका अध्यक्ष निनामा राईले‍ गरेका थिए। उक्त कार्यक्रममा एनआरएनए जर्मनीका प्रमुख संरक्षक दिलबहादुर गुरूङको विशेष अतिथि थियो।