Newyork Time 01:44 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

क्रोएसियामा नेपाली दुतावास खोल्न एनआरएनले मागपत्र बुझाए

२०८१ बैशाख १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

555

 

प्रवासी नेपालीहरुको आकर्षण बन्दै गएको युरोपेली देश क्रोएशियामा रहेका नेपालीहरुले राजदूतावास स्थापना गर्न माग गरेका छन् । उनीहरुले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेपालीको बढ्दो जनसख्याका कारण क्रोएशियामा राजदूतावास खोल्न माग गरेका छन । उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई शुक्रबार क्रोएशियामा लामो समयदेखि व्यापार, व्यवसाय गर्दै आइरहेका दावा लामाले एनआरएनए क्रोएशिया तथा त्यहाँ रहेका विभिन्न नेपाली समुदायहरूको प्रतिनिधित्व गर्दै राजदूतावास खोल्नका लागि ज्ञापन पत्र बुझाएका छन ।

हाल क्रोएशियाको लागि अष्ट्रियामा रहेको नेपाली राजदूतावासले सहजीकरण गर्दै आइरहेको छ । क्रोएशियामा करिब २० हजारको संख्यामा नेपाली नागरिकले रोजगारी गरिरहेको र क्रोएशियामा राहदानी नवीकरण लगायतका काम गर्नका लागि समस्याको सामना गर्नुपरेकाले राजदूतावास आवश्यक रहेको भन्दै परराष्ट्रमन्त्रीसँग मागपत्र बुझाइएको हो ।

परराष्ट्रमन्त्रीसँगको भेट पश्चात क्रोएशियामा राजदूतावास स्थापना हुने कुरामा आफू आशावादी भएको लामाले बताएका छन । मन्त्री श्रेष्ठले क्रोएशियामा रहेका नेपालीहरूको समस्याबारे आफू अवगत रहेको भन्दै राजदूतावास स्थापनाको लागी सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाएका थिए ।