March 26, 2025, Wednesday
२०८१ चैत्र १२

लाटोकोसेरो संरक्षण गरेबापत ४० लाखसहित बेलायती राजकुमारीबाट आचार्य सम्मानित

२०८१ बैशाख २१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

965

 

लाटोकोसेरोको संरक्षण गरे बापत संरक्षणकर्मी राजु आचार्य बेलायती संस्था ह्वीट्ली फन्ड फर नेचरले प्रदान गर्ने ४० लाख रकम र परस्कारबाट सम्मानित भएका छन ।
प्रकृतिका साथीहरू संस्थाका संस्थापक आचार्यले सरकारले लागू गरेको दशवर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम गरेको र कार्ययोजनाले लाटोकोसेरोको अवैध शिकार तथा व्यापार र वासस्थान जोगाउन मार्गनिर्देश गरेको भन्दै अन्तराष्ट्रिृय परस्कार पाएका हुन ।
बेलायतको प्रसिद्ध ह्वीट्ली पुरस्कारले नेपालमा लाटोकोसेरो संरक्षण क्रियाकलापलाई अझ गति दिने आशा व्यक्त गरिएको छ। नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरो संरक्षणमा ह्वीट्ली पुरस्कार प्रभावकारी हुने ह्वीट्ली फन्ड फर नेचरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ह्वीट्ली फन्ड फर नेचर पुरस्कारबाट पुरस्कृत भएपछि उनले दुई वर्षका लागि झन्डै ४० लाख बराबरको आर्थिक सहयोग पाउनेछन्, जुन सहयोग संरक्षणका विविध काममा खर्च गरिने जनाइएको छ।

आचार्यले वैशाख १९ मा लन्डनको रोयल जिओग्राफिक सोसाइटीमा आयोजित कार्यक्रममा बेलायती अधिराजकुमारी एनेबाट पुरस्कार ग्रहण गरेका छन्। ह्वीट्ली फन्ड फर नेचरका सद्‌भावना राजदूत तथा संस्थाका हितैषी सर डेभिड एटेनब्रोले पुरस्कार पाउने संरक्षणकर्मीको संख्या बढ्दै जाँदा विश्वमा संरक्षण अगुवाको सञ्जाल विस्तार हुँदै जाने आशा व्यक्त गरेका छन्।