Newyork Time 07:43 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

सियाटलमा ५ दिने कन्सुलर सेवा शिविर सम्पन्न

२०८१ जेष्ठ ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

730

 

अमेरिकास्थित नेपाली दुतावास र वासिंटन स्टेटस्थित महावाणिज्य दुतको कार्यालयको सयूक्त आयोजनामा पाँचदिने कन्सुलर सेवा शिविर सम्पन्न भएको छ । सियाटलमा सम्पन्न शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका छन । पाँच दिनसम्म चलेको शिविरमा सियाटल वरपरका १५ वटा राज्यहरुबाट आएका नेपालीहरुले सेवा लिएका थिए । अनलाईन सिष्टमबाट अग्रिम बुकिड गरेर नाम लेखाएका झण्डै ६ सय मध्ये ५ सय भन्दा बढीले शिविरबाट लाभ लिएका हुन । सो कन्सुलर शिविरको लागि आवश्यक बन्दोबस्तीको खर्च सेभेन समिट फाउण्डेसनले व्यहोरेको सियाटलका लागि महावाणिज्यदुत एसी शेर्पाले बताएका छन ।


शिविरमा पोर्टल्याण्ड, आईडाओ, टेक्सास, ओरेगन, मिनिसोटा, सानफ्रान्सिस्को, क्यालिफोनिया, सान्डआगो, मिनिसोटा, सेन्ट लुईस, क्लोराडो, उटाहा, टेनेसी, हवाईलगायत राज्यहरुबाट शिविरमा सेवा लिन पुगेका महावाणिज्यदुत शेर्पाले खबरमालालाई बताए । आफु महावाणिज्यदुत भएपछिको यो चौथौ शिविर अत्यन्तै व्यवस्थित र शिविरमा सहभागी सबैले खुसी व्यक्त गरेको उनले बताएका छन । दुतावासको बर्षमा चार वटा कन्सुलर शिविर गर्ने योजना अनुसार सियाटलमा सम्पन्न शिविरमा ईपासपोर्ट, पासपोर्ट नविकरण, बायोमेट्रिक लगायत कार्य सम्पन्न गरेकोमा राजदुत श्रीधर खत्रिले धन्यवाद दिएका छन ।