Newyork Time 10:01 am
May 2, 2024, Thursday
२०८१ बैशाख २०

अमेरिकी कँग्रेसमा उम्मेदवार बनेका भण्डारीलाई सहयोगको आवश्यकता

२०८१ बैशाख ५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

315

 

अमेरिकी कंग्रेसका लागि उम्म्ेदवार बनेका नेपाली मुलका ह्यारी भण्डारीको चुनावी अभियानले निर्वाचनका लागि व्यापक सहयोग जुटाउने अभियानमा केहि आर्थिक सहयोग आवश्यक रहेको जानएको छ । ्हयारी भण्डारीको चुनावी अभियानलाई तत्काल २ लाख ९७ हजार डलरको आवश्यकता रहेको अभियानमा म्यानेजरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत आईतवार मेरिल्याण्डमा भएको केहि व्यक्तित्वहरुको भेलाले ६५ हजार डलरको प्रतिवद्धता दिएर अभियानलाई थप सशक्त वनाएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ
अभियानद्धारा जारी विज्ञप्तिमा भनिएको छ हामीले हातेमालो गरेर तत्काललाई थप देखिने र सुनिने अभियान तथा भावी पिढीलाई समेत एउटा गर्विलो ईतिहास निर्माण गरेर अमेरिकामा नेपाली अमेरिकीको उपस्थितिको मजवुत आधारशीला निर्माण गर्नुपर्ने यस महाअभियानमा साथ दिनुहुन अनुरोध गर्दछौं । संभवत नेपाली अमेरिकनलाई देखिने र सुनिने यस्तै प्रकृतिको अभियान हाम्रो जीवन कालमा अवसरको रुपमा नआउन पनि सक्छ । छ जना उमेदवारहरुको वीचमा भईरहेको कडा प्रतिस्पर्धामा खरो रुपमा उत्रिन तथा लाखौ मतदाताहरुको वीचमा हाम्रो योजना पुरयाउन मतदातालाई हाम्रो पक्षमा आकृष्ठ गर्न घर घरमा पठाईने मेलर मार्फत हामीहरुको विगतको सफलता र भविष्यको कार्ययोजना शिक्षा,स्वास्थ्य, आप्रवासन ,विश्वमा भईरहेको द्धन्द्ध लगायतका अनेकन मुद्दाका विषयमा आफ्नो इजेण्डासहित पठाउनुपर्ने सामाग्रीको लागि थप रकमको जरुरत परेको जानईएको छ ।

पहिलो नेपाली अमेरिकन भण्डारी यस पटक अमेरिकामा ईतिहास रच्ने चरणमा छन त्यसैले पनि नेपाली सुमदायले सकेसम्म धेरै सहयोग गर्नु पर्दछ । उनि निर्वाचीत हुँदा हिजोका दिनमा र अब पनि सबैभन्दा पहिले नेपालीको पहिचान स्थापित गर्न नै भुमिका खेल्ने विश्वास छ । त्यसैले जसले जति सकिन्छ सहयोग गरौ यो पहिलो अबसर हो सदुपयोग गरौ ।