Newyork Time 10:44 am
May 9, 2024, Thursday
२०८१ बैशाख २७

न्युयोर्कमा भुकम्पको धक्कापछि आपतकालिन अलर्ट, २ सय ४१ बर्षको  इतिहासमा सबैभन्दा ठूलो

२०८० चैत्र २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

665

 

४ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि न्युयोर्क सिटीले थप आपतकालिन अलर्टहरु जारी गर्दै पराकम्पहरु आउनसक्ने चेतावनी दिएको छ । विहानै १० बजेर २३ मिनेटमा न्युयोर्क सिटीमा भूकम्पको धक्का महसुस भएको युएस जियोलोजिकल सर्भेका अनुशार उक्त भूकम्प न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर गएको हो । हालसम्म मानवीय क्षति केहि नभएको बताइएको छ ।
एस जियोलोजिकल सर्भेले पनि कम्तीमा एउटा पराकम्प आउनसक्ने अनुमान गर्दै आफ्नो काम नियमित गर्न सुझाएको छ । न्युयोर्क सिटीले न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको छ भने कोही घाइते भएमा ९११ मा फोन गर्न सुझाव दिइएको छ । उक्त आपतकालिन अलर्टहरु स्थानीयबासिन्दाका फोनहरुमा पठाइएको थियो ।

भूकम्प २४१ बर्षको  इतिहासमा सबैभन्दा ठूलो भएको जनाइएको छ । कोलम्बिया युनिभर्सिटीको तथ्यांक अनुशार सन् १७८३ मा न्युजर्सी केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएदेखि न्युयोर्क सिटी क्षेत्रमा त्यती ठूलो भूकम्प गएको थिएन ।

त्योभन्दा अगाडि भने सन् १७३७ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै १८८४ मा पनि न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।