Newyork Time 08:41 am
May 2, 2024, Thursday
२०८१ बैशाख २०

परराष्ट्र मन्त्रालयद्वारा एनआरएनए नवीकरण (पत्रसहित)

२०८० चैत्र ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

275

केहि समय नविकरण हुन नसकेको गैरआवासिय नेपाली संघ नविकरण भएको छ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघलाई नविकरण गरेको पत्र पठाउँदै नवीकरण गरेको जानकारी दिएको छ । सन् २०१३ मा दर्ता भएको संघको हरेक १० वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । सन् २०२३ मा नवीकरण गर्नुपर्ने भए पनि मन्त्रालयले संघभित्र विवाद देखाउँदै नवीकरण रोकेको थियो ।

त्यसविरुद्ध ११ औं महाधिवेशनमा डा बद्री केसीको टिमले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । उच्च अदालतले नवीकरण गर्न आदेश दिएको थियो । यता, परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि संघको सचिवालयलाई निर्देशन दिएको छ ।