Newyork Time 03:00 pm
May 2, 2024, Thursday
२०८१ बैशाख २१

विदेशमा नेपाली भाषा पढ्ने र नेपाली पोशाक लगाउने लहर बढ्दै

२०८१ बैशाख २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

280

 

संसारको जुन कुनामा पुगेनी आफ्नो संस्कार संस्कृति र आफ्नोपन सबैलाई प्यारो हुन्छ । मातृभुमि आमा सरह हुन्छ भने झै आफ्नो मातृभुमि छोडेर विभिन्न बाध्यताबस विदेसिएका नेपालीहरु संसारको १ सय १३ वटा देशमा पुगेको बताईन्छ । जहाँ पुगे पनि आफ्नो भाषा र सस्कृति सबैलाई उत्तिकै प्यारो हुन्छ । त्यसैले स्याथी बसोबासका लागि परदेसिएका नेपालीहरुले आफ्नो सन्तान अर्थात विदेशी भुमिमा र्हुिकदै गरेका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाली भाषा सिकाउन थाले का छन । जहाँ नेपाली भाषीहरुको जनघनत्व बढी रहेका छन त्यस्ता देश र शहरहरुमा समुदायका अगुवाहरुले आफ्नो भाषा र सस्कृतिको सरंरक्षण गर्नका लागि नेपाली भाषा सिकाउने विभिन्न तहका कक्षाहरु शुरु भएका छन ।


चाहे अमेरिका, अष्ट्रेलिया होस यूरोप जापान अथवा अन्य मुलुकमा यतिखेर नेपालीको जनसख्या बढ्दै गएको अनुपातमा सामान्य भाषा सिकाउनेदेखि नियमित कक्षा सन्चालन गरीन थालेको छ । धेरै नेपाली भएका स्थानहरुमा नेपाली भाषा पढ्ने नेपालीहरुबीच निकै उत्साह आएको पाईन्छ । जस्तै अमेरिकाको टेक्सास, क्यालिफोनिया, मेरील्याण्ड, बाल्टीमोर, न्यूयोर्क, एटलान्टा, र्याले, सार्लौट, बेलायत, जापान, अष्टे्रलियाको सिड्नी , ब्रिजवेन, क्यानबेरा, पर्थ, क्वीन्सल्याण्ड लगायत शहरहरुमा नेपाली पाठशाला नै सन्चालनमा रहेका छन । ति शहररुहरुमा समुदाय अनुसार १०, १२ जना विधार्थीदेखि १ सय ५० जना सम्म विधार्थीहरु नेपाली भाषा सिकिरहेका छन ।
अमेरिकाको टेक्सासमा नेपाली समाज टेक्सासले ग्लोबल नेपाली भाषा पाठशाला सञ्चालन गरेर प्रवासमा रहेका नेपाली युवालाई नेपाली भाषा संस्कृतिको ज्ञान प्रदान गरी नेपाल फर्काउने अभियान सञ्चालन गरेको छ । सो अभियानले अमेरिकामै जन्मेर शिक्षा आर्जन गरिरहेका नेपालीमूलका युवालाई नेपाली भाषा, साहित्य, संस्कृति तथा संस्कारबारे ज्ञान दिने काम गर्दैआएको छ । करिब सन् २००७ बाट जारी रहेको सो अभियानबाट हजारौँ नेपाली युवा युवतीहरू लाभान्वित भइरहेको पाठशालाका सञ्चालक डा. भोजबहादुर बलायरले बताए । युवाहरू एउटा परिवेशमा हुर्के बढेकाले उनीहरूलाई उत्प्रेरित गर्ने काम चुनौती भए पनि अभियानले सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।


सो पाठशालाबाट हरेक समेस्टेरमा करिब ४ सय बालबालिकाले भाषा, संस्कृतिको ज्ञान लिइरहेको उहाँले बताउनुभयो । त्रैमासिक न्यूनतम २५ डलर शुल्क तिरेर बालबालिकालाई पठनपाठन गराइने गरिएको उहाँको भनाइ छ । नेपालीहरू विदेशमा रहँदा एउटा मात्र पहिचान ’नेपाली’ भएको तर नेपाली हुनुको अर्को पहिचान भाषा, संस्कृतिको ज्ञान भएको डा. बलायरले प्रष्ट पार्नुभयो ।
आफ्नो भाषा सिके मात्रै संस्कृति र संस्कारको ज्ञान संभव हुन्छ भन्ने मान्यताले गैरआवासिय नेपाली संघले पाठ्याक्रम नै विकास गरेर विश्वको जुन सुकै मुलुकमा पनि काम लाग्ने गरी निर्माण गरेको छ । एनआरएनले विश्वभरीरहेका एनसिसिहरुलाई निर्माण गरिएको पाठ्क्रम नै पठाएर सजिलो बनाई दिएको । कतिपयले एनआरएनको पाठ्याक्रमलाई लिएका छन भने कतिपयले आआफ्नै हिसावले पाठ्याक्रम निमाण गरेर पढाएका छन ।जे हो नेपाली भाषाप्रतिको मोह जताततै बढेकै छ । विदेशमा नेपालीपन नै गुम्ने भएकाले प्रवासमा बस्ने बालबालिकालाई त्यसबारे ज्ञान दिने अभियान सुरु गरिएको हो । अमेरिकामा नेपालीको सख्या करिब ३ लाख पुग्न लागी सकेको छ । त्यसैगरी अष्ट्रेलियामा उत्तिकै सख्यामा नेपाली छन भने यूरोप, जापान, कोरियालगायत देशहरुमा पनि नेपाली समुदायले आफ्नो भाषा सस्कृति बचाउन लागी परेका छन । नेपाली भाषा बचाउन मात्र होईन की आजकाल नेपाल परेड डे भन्दै कतिपय शहरहरुमा स्थानीय सरकारले पनि नेपालीभाषीलाई महत्व दिएर कार्यक्रम मनाउने गरेका छन । त्यस्ता परेड डेहरुमा नेपाली भाषा भाषी सस्कृति झल्किने झाँकी लिएर प्रदर्शनीहरु ह्ुने गरेका छन । जसबाट नेपाल र नेपालीप्रति विश्वको ध्यान पुग्न सक्दछ भने अर्कोतर्फ पर्यटनमा पनि टेवा पुग्ने देखिन्छ । नेपाली भाषा मात्र होईन विदेशमा नेपालीको कार्यक्रम हुँदा नेपाली पोषक लगाउनेहरु पनि बढेर गएको छ । अमेरिकामा थुप्रै शहरहरुमा नेपाली पोशाकको विक्रि वितरण रामै्र हुने गरेका छन ।