Newyork Time 06:23 am
May 9, 2024, Thursday
२०८१ बैशाख २७

गठबन्धन फेरिएसंगै सचिवहरु फेर्न कसरत तिव्र

२०८० चैत्र १५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

185

 

सरकार वा मन्त्रि फेरिनासाथ सबै भन्दा पहिले उनिहरुले गर्ने काम भनेको सचिव फेर्ने हो चाहे जति सुकै योग्य किन नहोस । मन्त्रिहरु किन यसो गर्छन भने सचिवहरु आफुप्रति लोयल होस । मन्त्री फेरिनासाथ कर्मचारी फेर्ने अभ्यास नेपालमा पुरानो र सामान्यजस्तो भइसकेको छ । पूर्वसचिवहरु विवादास्पद र सुस्त ढंगले काम गरिरहेका सचिव फेर्ने कुरा नाजायज मान्दैनन् । तर, मन्त्रीहरुले कारिन्दा बनाउने हिसाबले सचिव र कर्मचारीहरु हेरफेर गर्दा कर्मचारी प्रशासनमै समस्या भने विकराल बन्दै गएको छ ।
पछिल्लो पटक गठबन्धन परिवर्तन भएर नयाँ मन्त्रि बन्नासाथ सचिव फेर्ने होडवाजी नै चलिरहेको छ । एकमुष्ट सचिव फर्ने तयारी भई रहेको बेला प्रधानमन्त्रिले केहि समय पर्खन भन्दै रोकेका छ । राजनीतिक नेतृत्वले आफू अनुकूलको कर्मचारीको टिम लगेर राख्ने र काम गर्न नसकेपछि अन्त्यमा कर्मचारीमाथि नै दोष थुपारेर हिँड्ने गरिरहेको अवस्थामा ‘कर्मचारीको सरुवामा मनपरी भयो भने प्रधानमन्त्री र मन्त्रीहरुले लगाइरहेको सुशासनको नारा काम र नतिजामा परिणत हुँदैन ।
नेकपा एमालेसहित नयाँ सत्ता गठबन्धन बनेसँगै मन्त्रालयहरुमा आएका नवनियुक्त मन्त्रीहरुले आफूअनुकुलको टिम बनाउने कसरत तीव्र पारेका हुन । योसँगै विभिन्न मन्त्रालयहरुमा सचिव र सहसचिवहरुको सरुवा गर्न तयारी अघि बढेका छन् ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिव हेरफेर गर्ने विषयमा केही समय पर्खिन भनेपछि नयाँ सचिव लैजान दौड लगाएका मन्त्रीहरु रोकिएका छन् । प्रधानमन्त्री दाहालले मन्त्री र मुख्यसचिवसँग केही समय रिक्त मन्त्रालय र निकायमा सचिव पठाउनेबाहके हेरफेर गर्ने विषयलाई प्राथमिकतामा नराख्न भनेको स्रोतको दाबी छ । यसले अन्य मन्त्रालयमा सचिव हेरफेरमा सकस पर्दा २ मन्त्रालयहरूका रिक्त सचिव पदमा सरूवा गर्ने निर्णय समेत पर धकेलिएको छ ।