Newyork Time 05:09 pm
May 2, 2024, Thursday
२०८१ बैशाख २१

गृहमन्त्रीविरुद्ध उजुरी आएको छ: रामहरि खतिवडा, सभापति, राज्य व्यवस्था तथा सुशासन समिति

२०८० चैत्र १३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

320

तर सरकार र विभागिय मन्त्रालयले समितिको निर्णय र निर्देशन कत्तिको पालना गरेका छन् ?

कसैलाई मन्त्री भएपछि म सबै कुरा हुँ भन्ने घमण्ड जागेको पाउँछु । म सबैलाई त भन्दिन, तर यो सरकार निर्माण हुने मुहान भनेको संसद हो । संसदले गठन गरेको समिति हो । संसदीय समितिभन्दा ठूलो सरकार हुन्छ भन्ने लाग्दैन । किनभने मुहान नै संसद हो । त्यसैको यो समिति हो । त्यसलाई आलटाल गर्न खोज्नु भयो भने त्यति सकारात्मक हुँदैन । तर हामी कसैलाई यो समितिमा ल्याएर बयान लिएर बेइज्जत गर्ने तर्फ मात्र जानु हुँदैन, केही कुराहरु हामीले दिएका निर्देशन अहिलेसम्म पालनाको बाटोमा गएका छन् । अरु पनि हेरौं, सबैसँग समन्वयन गरेर नै जान्छौं ।

निर्देशन पालना भए-नभएको अध्यन र अनुगमन पनि भैरहेका छन् ?

के-के भयो, काम भएका छ कि छैनन् भनेर पत्र पठाउँछौ । त्यसको रिपोर्ट लिने काम पनि भईरहेको छ ।

संसदीय समितिमा राज्य व्यवस्था निकै महत्वपूर्ण समिति हो । राज्यका महत्वपूर्ण निकायलाई यही समितिले हेर्ने व्यवस्था छ । यो समितिले आफ्नो कार्यक्षेत्रका बिषयलाई राम्रोसँग अध्ययन अनुसन्धान गर्यो भने त सुशासनमा ठूलो मद्दत हुन्छ नि होइन लाग्छ ?

सरकारले पनि त्यो कुराको अनुभव गर्नुपर्यो नि । मलाई एउटा सजिलो के छ भने मेरै समितिमा भएका साथीहरु दुईजना उपप्रधानमन्त्री हुनु भएको छ । अरु दुई जना पनि मन्त्री भएर जानु भएको छ । वरिष्ठ नेताहरु यो समितिमा हुनुहुन्छ । मलाई खुशी लाग्छ कुनै कुनै काम गर्न र अलिकति केही न केही सानो भएपनि केही सकारात्मक काम यहाँबाट सुरुवात गरेर सरकारले गर्ने हो भने त्यो सन्देश जनतामा जान सक्छ । त्यसमा सरकारमा जानेको सहयोगको अपेक्षा हामीले गरेका छौं। आशा छ, त्यो काममा उहाँहरु लाग्नु होला ।

अहिले कर्मचारी विधेयक आउँदै छ । प्रहरी सम्बन्धी विधेयकहरु आउँदै छन् । भ्रष्टाचारजन्य कार्य सम्बन्धी विधेयक यहीं छन्, अख्तियारको छ, भ्रष्टाचारनिवारण सम्बन्धी छ । भ्रष्टाचारनिवारण सम्बन्धी माननीयकेपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा प्रस्तुत भएकोमा भ्रष्टाचार गरेको पाँच वर्ष पछाडी कुनै पनि व्यक्तिका विरुद्ध उजुरी नलाग्ने प्रावधान हद म्यादको लेखिएको छ । कसैले अर्बौ भ्रष्टाचार गर्छ पाँच वर्षसम्म लुकाएर बसेर नलाग्ने भयो भने यो के अर्थ भयो, यसलाई हामी केही छलफल गर्छौं ।

अख्तियारको बारेमा पनि विधेयक हाम्रै समितिमा छ । सकारात्मक रुपमा दिन सकिन्छ भने, यसमा दुई तीनवटा कुराहरु हेर्नुपर्ने छ । एउटा बेनामी उजुरी अहिले२९ हजार परेको छ, त्यसमध्ये २८० वटामात्र मुद्धा चल्दै रहेछ । २९ हजारबाट छानेर ल्याउँदा के हालत होला । कतिपय त अख्तियारले आफैं पैसा दिएर आफैं समात्ने चलन थियो नि त्यो पनि कति हदसम्म राम्रो । अर्को बैंकमा, हस्पिटल, स्कुल, बीमामा जाने जुन छ त्यो गर्ने नगर्ने छ । राम्रो मान्छेको हातमा नेतृत्व पर्यो भने त्यसको सकारात्मक प्रभाव आउन सक्छ । तर नेतृत्व गलत भयो र सबैलाई थर्काउने, तर्साउने गर्न थाल्यो भने त्यसको झन् नकारात्मक प्रभाव पर्छ ।

अहिले पनि अख्तियारमा जाने कोही प्रमुखहरु प्रहरी, सेना, न्यायपालिका र सचिव भएर जानु भएको हुन्छ । अनि आफू सचिव हुँदा रातो घर (अख्तियारको मुख्यालय रहेको घर) ले केही गर्न दिएन भन्ने अहिले फेरि त्यही काम गर्न थालियो भने सकारात्मक सन्देश आउँदैन नि । यो सबै विषयमा हामी छलफल गर्छौं र साकारात्मक परिणाम आउने रहेछ भनेर देखाउने हाम्रो चाहना छ ।

समितिमा सबै दलका प्रतिनिधिहरु हुनुहुन्छ, कतिको सहयोगी हुनुहुन्छ ?

यसमा समस्या के हुन्छ भने सिनियर नेताहरु हुनुहुन्छ, अरु पार्टीका नेताहरु, पुरानो नेता हुनुहुन्छ । कहिलेकाहीँ कोरम नपुग्ने समस्या छ । सबै नेतालाई समात्दा समात्दा कहाँ पुगेका हुन्छन्, के हुन्छ, कोरम नपुग्ने समस्या हुन्छ । त्यही पनि हामीले २६ वटा बैठक राखि सकेका छौं । सबै बैठकमा मन्त्रीहरु आउनु भएको छ, प्रधानमन्त्री, प्रधानसेनापति सबै आउनु भएको छ । यसले सबैलाई सन्तुलनमा राखेर लिएर जाँदा हुन्छ, तर यो जुटाउन अलिकति समय लाग्छ । संसद चलेको बेला बैठक राख्यो संसद नचल्ने हुन्छ । संसद नचलेको समयमा राखौं कोरम नमिल्ने समस्या हुन्छ । यसलाई मिलाउनु पर्छ ।

समितिमा सबै दलका सदस्य रहन्छन् । सत्ता गठबन्धन परिवर्तन भैरहने परम्परा बसेको छ । तपाईंलाई समितिमा काम गर्दा कतिको दबाब महशुस हुन्छ ?

कहिलेकाहीं त अप्ठेरो पनि हुँदो रहेछ । जस्तो संसदका महासचिवको एउटा उजुरी आयो नागरिकता सम्बन्धमा । उहाँ अहिले पनि क्षमतावान व्यक्ति हुनुहुन्छ । उहाँले २०२६ सालमा जन्मेको मिति राखेर एउटा नागरिकता २०४६ सालमा लिनु भएको रहेछ । फेरि यो २०४६ सालपछि २०६६ सालमा उहाँले नै त्यो मिति परिवर्तन प्रतिलिपि लिएँ भन्नुभयो । त्यो प्रतिलिपि २०३२ साल राखेर लिनु भयो । संसदको अहिलेको महासचिवको कुरा हो । मैले हेरें, हामीले संवैधानिक कानून अनुसार हेर्छौं । नेतृत्व वर्गले ध्यान दिएर हेरेको हुन्छ । कहिले काम गर्दा प्रेसर त आउँछ नै । म यसबारे कुरा गर्न सभामुखसँग नै बसें । यो त्यतिकै पनि छ । २०६६ सालमा लिएको नागरिकताबाट पासपोर्ट पनि लिएको देखियो । त्यसलाई सदुपयोग, दुरुपयोग के गर्नुभयो त्यो पछिको कुरा हो । त्यो रेकड त छँदै छ । त्यसपछि ०७६, ०७७ सालमा आएर फेरि पुरानालाई कायम गर्नुभयो । यो भएपछि कानूनी राज्यका अवधारणाहरु कहाँकहाँ पुग्ने हो भनेर हामीलाई चिन्ता हुन्छ । तर कहिलेकाहीँ नेतृत्व वर्गले यस्तोमा नहेर्दे हुन्छ भन्ने लाग्दो रहेछ । तर हामी एउटा पार्टीको भन्दा पनि प्रचलित नियमावली, कानून र संसदभित्र रहेका कार्यविधि र परम्परा अनुसार यसलाई अगाडि बढाउन चाहन्छौं । कहिलेकाहीं प्रेसर हुन्छ, त्यो थाम्न सक्ने गरि म यहाँ आएको छु ।

कस्ता-कस्ता चुनौति आउँछन् ?

नेपाली सेना यो समितिसँग नजिक छ । रक्षा मन्त्रालय, नेपाली प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, निजामति कर्मचारी, सुशासन भनेपछि सबै यसमा आउँछन् ।कसै कसैको समस्या के हुन्छ भने उहाँहरुले जागिर खाँदा एउटा नागरिकता पेश गर्ने, बीचमा पुगेपछि अर्को पेश गर्ने यो प्रवृत्ति एकदम ठूलो संख्यामा देखिएको छ । यसलाई अन्त्य गर्नुपर्छ । म व्यक्तिवादी रुपमा यो र त्यो भन्दिन । एउटा ठूलो पदको अफिसरदेखि माथि निजामति माथि सुरु गरौं न नक्कली र सक्कली सटिफिकेर्ट कत्तिको रहेछन् । नागकिता दुई पटक लिएका कति छन् । म यति अनुरोध गर्दछु । मेरो कोहीसँग पूर्वाग्रह छैन । कसैलाई फसाउने कुरा पनि हुँदैन । बचाउने पनि हुँदैन । कानुन अनुसार जाऔं । मुलुकलाई घाटा हुने काम कसैले नगरौं ।

अहिले समिति कै सदस्य रहेका एक जना सदस्य गृह मन्त्री हुनुहुन्छ । उहाँ एकदम चर्चामा पनि हुनुहुन्छ । उहाँसँग जोडिएका विषयहरु समितिमा पनि आएका छन् होला नि ?

समितिमा उहाँको निवेदन पनि आएको छ । उहाँसँगै सल्लाह गरेर अघि बढ्ने भनेर हामीले उहाँलाई भनि पनि रहेका छौं । गृहमन्त्रीलाई सबैभन्दा सजिलो बनाउने उपाय त्यही हो । छानबिन गर्दैमा मात्रै उहाँ दोषी हुनु हुन्न । उहाँले छानविनका लागि तयार छु भनेर आँट गर्नु पर्यो । अब एउटा साना मान्छेले भनेजस्तो टुँडिखेलमा आउ, म एक्लै आउँछु ग्रुप लिएर आउ भन्ने यस्तो अपरिपक्क काम गर्नु भएन । अहिले को दाषी छ को निर्दोष छ भन्नु हुँदैन । म यत्ति म भन्न चाहन्छु, तपाईंलाई एकदमै राम्रो गर्ने भनेको समितिले नै गर्ने हो । छानबिन समिति गठन होस् । खुल्ला रुपमा भन्दिनुहोस् न, केही छैन भने त्यति भन्दिएपछि भइहाल्यो, धेरै विवादमा किन पर्नु पर्यो ? सभापतिको हैसियतले अहिले मैले उहाँलाई दोषी करार गरिसकेको छैन । तर उहाँलाई सजिलो होस् भन्ने मेरो चाहना छ ।