Newyork Time 12:46 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

रुसी सेनामा मृतक नेपालीको सख्या ४० पुग्यो, बेपत्ता

२०८१ जेष्ठ १४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

425

 

अवैध रुपमा रुसी सेनामा भर्ना हुनेको एकिन तथ्यांक नभए पनि आफन्तहरुले दावी गरे अनुसार हालसम्म ४० जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । रूसी सेनामा कार्यरत नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको ‘रूसी फौजमा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ ले संकलन गरेको तथ्यांक अनुसार अहिलेसम्म ४० जनाले ज्यान गुमाइसकेका छन् भने बेपत्ता र भर्ना हुनेको सख्या अनगिन्ती रकेको बताईन्छ ।

रूसी सेनामा कार्यरत नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन मृतकको विवरण संकलन गर्न थालेको अभियानका संयोजक कृतु भण्डारीले बताइन्। “रूसी सेनामा गएका युवाका परिवारसँग सम्पर्क गरी विवरण संकलन गरेका हौं। त्यही क्रममा अहिलेसम्म यतिका विवरण संकलन भइसकेको छ,” उनले भनिन्, “तर यस विषयमा सरकारले वास्ता गरेको छैन।”

गत शनिबार मात्रै रूसी सेनामा कार्यरत तनहुँका बमबहादुर आलेको ज्यान गएको परिवारजनले जनाएका छन्। आलेसँगै कार्यरत नेपाली युवाले दिएको खबरका आधारमा परिवारजनले सोमबार कुशको शव बनाएर अन्त्येष्टि गर्न लागेको भण्डारीले बताइन्। ज्यान गुमाएका युवाका परिवारले भने कुशको शव बनाएर अन्त्येष्टि गरिसकेको भण्डारीले बताइन्। “हिजो ज्यान गुमाएका बमबहादुर आलेका परिवारजनले भोलि अन्त्येष्टि गर्दै छन्, अन्य युवाका परिवारजनले अन्त्येष्टि गरिसकेका छन्,” भण्डारीले भनिन्।

सरकारले भने अहिलेसम्म २२ जनाको ज्यान गएको पुष्टि गरेको छ। चार महीनाअघि डीएनए परीक्षणका लागि परिवारको नमूना संकलन गरेको थियो। तर अहिलेसम्म त्यसबारे जानकारी सार्वजनिक गरेको छैन।

परराष्ट्र मन्त्रालयका अनुसार रूसी सेनामा गएका आफन्तजनको खोजी तथा घर फर्काउनका लागि २८६ निवेदन आएका छन्। जसमध्ये ९९ जना सम्पर्कमा नरहेकाले खोजी तथा घर फर्काउने पहल गरिदिन परिवारजनले आग्रह गरेका छन्। त्यस्तै, घाइते तथा अन्य कारण देखाउँदै १४२ जनाका परिवारले घर फर्काउनका लागि पहल गरिदिन निवेदन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।