Newyork Time 11:13 am
May 2, 2024, Thursday
२०८१ बैशाख २०

प्रविधिको चमत्कार कतार एयरमा एआई एयर होस्टेज

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

215

 

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग तमाम क्षेत्रहरुमा तिव्र रुपमा बढिरहेको छ। यसको प्रयोग सिर्जनात्मक क्षेत्रमा पनि तिव्र रुपमा भैरहेको छ । कतार एयरवेजले एउटा यस्तै प्रयोग गरेर कीर्तिमान कायम गरेको छ । कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजले विश्वकै पहिलो एआई एयरहोस्टेजलाई नियुक्त गरेको छ । एआईमा आधारित उक्त डिजिटल मानव चालकदलको सदस्यको नाम क्बmब द्द.ण् हो । यो दोश्रो पुस्ताको भर्चुअल क्याबिन क्रू हो ।
केही समय पहिले वेब समिट कतार नामक एक शिखर सम्मेलनमा कतार एयरवेजले आर्टिफिसियल इन्टेलिजेन्स एयर होस्टेजको नमूना सार्वजनिक गरेको थियो । अन्ततः बर्लिनमा जारी अन्तराष्ट्रिय पर्यटन मेला (आइटिबी बर्लिन २०२४) का क्रममा कम्पनीले उक्त एआई एयर होस्टेज सार्वजनिक गरेको हो । अरबी भाषामा सामाको अर्थ आकाश भन्ने हुन्छ । बर्लिन पर्यटन मेलामा रहेको कतार एयरवेजको स्टलमा यो एआई एयरहोस्टेज नै मूख्य आकर्षणको केन्द्रको रुपमा रहेको छ । कतार एयरवेजको उक्त एआई एयरहोस्टेजले वास्तवमा मानव एयरहोस्टेजलाई प्रतिस्थापन गर्ने होइन । बल्कि यसलाई अतिरिक्त सेवाको रुपमा जहाजमा राखिनेछ। हुनत जहाजका यात्रुको अनुभवलाई उत्कृष्ट बनाउनका लागि कतार एयरवेजले पहिलेदेखि नै विभिन्न एआई प्रविधिको प्रयोग गरिरहेको छ ।
एआई एयरहोस्टेज सामा २.० कतारको राजधानी दोहामै निर्माण गरिएको हो । यसलाई कतार एयरवेजको एयर होस्टेजको रुपमा विशेष तालीम दिइएको छ । सामा एआईले यात्रुतथा मिडियासँग अन्तरक्रियाका क्रममा पनि लगातार नयाँ कुरा सिकिरहेको हुन्छ र आफ्नो कुराकानीलाई अझै समृद्ध बनाउन सक्दछ । कम्पनीले यो परियोजनामा लगातार काम गरिरहेको छ।

सामा २.० को अपडेटेड भर्सनले रियल टाइम जवाफ दिन सक्दछ । यदि कतार एयरवेजका विषयमा सम्बन्धित प्रश्नहरु ग्रियो भने यसले रियल टाइममै त्यसको जवाफ दिनेछ। इसका अलावा गन्तव्य, सहयोग टिप्स तथा अनय खालका जानकारीहरु पनि सो एआई एयरहोस्टेजले दिन सक्नेछ ।

सामाको विकास गर्नका लागि कतार एयरवेज तथा ग्लभभत्त कम्पनीले साझेदारी गरेका छन् । सामा एआईको माध्यमबाट ग्राहकहरुको उत्कृष्ट अनुभव तथा सेवा प्रदान गर्ने उद्धेश्य कतार एयरवेजको छ । कोरोना महामारी पश्चात् कतार एयरवेजमा यात्रुहरुको संख्यामा उल्लेख्य मात्रामा बढोत्तरी भैरहेको छ।