March 22, 2025, Saturday
२०८१ चैत्र ८

सञ्चारकर्मी बस्नेतलाई अमेरिकामा युनेस्को युथ पिस एम्बेसडर अवार्ड

२०८१ बैशाख ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

 

सञ्चारकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ। अमेरिकाको लस एन्जलसमा आयोजित १८औँ युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसप समारोहमा बस्नेतलाई अवार्ड प्रदान गरिएको हो । गैरनाफामुखी संस्थाको रूपमा काम गरिरहेको युथ युनेस्को क्लब, अमेरिकालगायत नौवटा अन्तर्राष्ट्रिय संस्थाले संयुक्त रूपमा सन् २०२४–२५ का लागि सो अवार्ड प्रदान गरेका हुन् ।
‘मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको मूल्यांकन गरी यो अवार्ड दिएका अमेरिकी युनिभर्सिटी सोभर नेसन युएसएका प्रेसिडेन्ट प्रो।डा। ड्यालरले बताएका छन ।
सन् २०११ देखि विभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड प्रदान हुँदै आएको छ। ‘मिडियामा युवा र शान्ति’ विधाबाट बस्नेतले अवार्ड पाएका युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले बताए। ‘यो अवार्डसँगै अब उहाँहरूले अन्तर्राष्ट्रिय फोरमहरू पाउनुहुनेछ,’ खनालले भने ‘संसारभरबाट विभिन्न विधामा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने सयौँबाट उहाँलाई यसका लागि योग्य ठहराई एम्बेसडर प्रदान गरेका हौँ।