Newyork Time 04:37 am
May 17, 2024, Friday
२०८१ जेष्ठ ४

पर्यटक रमाउने नेपालका विश्वप्रसिद्ध साहसिक खेल

२०८० चैत्र १२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

625

– गोविन्द मरासिनी

काठमाडौं । पछिल्लो समय नेपालमा साहसिक खेलप्रति लगानी वढ्दो छ । आन्तरिक मात्र नभई वाह्य पर्यटकहरु साहसिक खेलमा रमाउनकै लागि नेपाल आउने क्रम बढिरहेको पाइन्छ । नेपालका बिभिन्न ठाउँमा सञ्चालन गरिएका साहसिक खेलले नेपालको पर्यटन प्रबद्र्धनमा थप सघाउन पु¥याएको पाइन्छ ।

बन्जी जम्प÷स्वीङ
सिन्धुपाल्चोकको भोटेकोसी र पोखरामा बन्जी जम्प सञ्चालनमा रहेको छ । भोटेकोसीमा सञ्चालित बन्जीको उचाई १६५ मिटर रहेको छ भने पोखराको बन्जी जम्पको उचाइ ६५ मिटर अग्लो रहेको छ । भोटेकोशीमा रहेको ‘द लाष्ट रिर्सोट’ ले बन्जीसँगै स्वीङ पनि सञ्चालन गर्दै आएको छ । साहसिक बञ्जी र स्वीङ गर्नका लागि दैनिक सयौं नेपाली तथा विदेशी पर्यटक त्यसतर्फ प्रस्थान गर्ने गर्दछन् । पोखरा र भोटेकोशीका अलवा गण्डकी प्रदेशको पर्वत जिल्लाको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी जम्पको सफल परीक्षण भईसकेको छ । यो बन्जीको उचाइ करीव दुई सय २५ मिटर अग्लो हुने छ । मकाउमा रहेको विश्वकै सबैभन्दा अग्लो बञ्जीको उचाइ दुई सय ३५ मिटर रहेको छ । पर्वतमा बन्जीसँगै स्वीङ, स्तरीय रिसोर्ट समेत सञ्चालनमा छ ।
क्यान्योनिङ

नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल क्यानोनिङ हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै, चिप्लिदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल क्यान्योनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भएको छ । युरोप र अमेरिकामा निकै लोकप्रिय यो अति साहसिक खेल नेपालका पहाडी र हिमाली भेगमा प्रशस्त मात्रामा हुने झरना र खोलाको छाँगाका कारण नेपाल नयाँ पर्यटकीय आकर्षणका रूपमा विदेशीहरूको रोजाइमा परेको छ । चिप्लिने, हाम्फाल्ने, पौडिने र झर्ने यस खेलका मुख्य विशेषता हुन् । ज्यानको बाजी लगाएर गरिने यो कठिन र जोखिमपूर्ण खेल हो । भोटेकोसी नदी, सुनकोसी नदी, सुन्दरीजल र ककनीमा चट्टानी पहाराबाट झर्ने झरना र खोलाका छाँगाहरू क्यान्योनिङ गर्ने प्रमुख स्थल हुन् । हिमालपारीको जिल्ला मनाङको फू गाविसमा हिमालबाट झर्ने ५,२१५ मिटर उचाइको लुगा खोलाको छाँगा क्यान्योनिङको लागि विश्वकै सबैभन्दा उचाइको मानिन्छ । लमजुङमा पर्ने मस्र्याङ्दी उपत्यका छेउछाउका खोला र झरना पनि क्यान्योनिङ प्रेमी पर्यटकहरु हुरुक्कै हुन्छन् । लमजुङको सदरमुकाम बेसीसहरबाट छोटो सडक र पदयात्रापछि पुगिने भुलभुले, कविन्द्र, चिप्ला, तातोपानी, रेन्दु, स्याँगे, जगत, च्याम्चे ताल र साचुप झरना साहसिक एवम् व्यावसायिक खेलाडीले बढी रुचाउँछन् ।

प्याराग्लाईडिङ

नेपालमा पर्यटकहरु आकर्षण हुने अर्को प्रमुख साहसिक खेलमा प्याराग्लाईडिङ पनि एक हो । गण्डकी प्रदेशको राजधानी पोखरामा हाल व्यावसायिक रुपले प्याराग्लाईडिङ सञ्चालनमा छ । पोखराको सराङकोटको डाडाँबाट उडान शुरु भएर पोखराको फेवाताल नजिकै यसको ल्याण्ड हुन्छ । हाल पोखरा बाहेक स्याङ्जा, पाल्पा, ललितपुरको गोदावारी, काठमाडौंको शंखरापुर, धरान, इलाम, संखुवासभा, सुर्खेत, तनहुँको बन्दिपुर लगायत स्थानमा पाराग्लाईडिङ सन्चालनमा रहेको छ । स्याङजाको भीरकोट स्वरेक मैदानमा २०१८ मा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिताले नेपालको नाम विश्वमै उचो भएको थियो । प्रतियोगितामा २० देशका प्याराग्लाईडिङ पाइलटहरु सहभागी रहेका थिए । अन्य स्थानहरुमा प्याराग्लाईडिङ सञ्चालनमा रहेतापनि हालसालै पर्यटकीय राजधानी घोषणा भएको पोखरा नै प्याराग्लाईडिङको लागि प्रमुख गन्तब्य हो ।

 

जीप फ्लाईङ

जीप फ्लाईङका लागि पनि महत्वपूर्ण स्थान पोखरा नै हो । तर हालसालै काठमाडौं बाट नजिकै धुलिखेलमा सञ्चालित नयाँ जीप फ्लाईङले पनि धेरैको ध्यान त्यसतर्फ केन्द्रित गरेको छ । पोखराको सराङकोट डाडाँबाट सेतो हिमाल र हरियाली जंगलको अवलोकन गर्दै हेम्जासम्म १५ सय मिटरको उचाईबाट करीब १ दशमलब ८ किलोमिटर सम्मको यात्रा गर्न सकिन्छ । यस्तै, धुलिखेलमा ४ कि.मी. अगाडी सञ्चालित ११ सय मिटर लामो जिप लाइन समुद्र सतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९० किलोमिटरको हुन्छ । यसका साथै पर्वत, चन्द्रागिरी, चोभार, भेडेटार लगायतका स्थानमा पनि जीप फ्लाईङको सुविधा रहेको छ ।

 

स्काइ ड्राइभ

प्यारासुट लगाएर जहाजबाट तल झर्ने साहसिक यो खेल केहि बर्ष अगाडी शुरु भएर बन्द भएको थियो । अहिले फेरी पर्यटकीय नगरी पोखरामा यो साहसिक खेल शुरु भएको छ । साहसिक खेलमा ३० प्रतिशतको जोखिम रहने भए पनि डरभन्दा माथि राखेर खेलप्रेमीहरुले आनन्द लिने गरेका छन् । स्काई डाइभिङ निकै व्यवस्थित व्यवस्थापनबाट गरिने बिशिष्ट हवाई खेल मानिन्छ । यो साहसिक खेलमध्येको सबैभन्दा जोखिमपूर्ण खेल समेत हो । सन् २००८ बाट परीक्षण र २०१३ बाट व्यावसायिक उडान गर्न थालिए पनि नेपाली दक्ष जनशक्तिको अभावका कारण र महँगो पर्ने भएकाले फस्टाउन नसकेको हो । बञ्जी जम्पमा जम्मा तीन सेकेण्डको ‘फ्रि फल’ हुन्छ भने स्काइडाइभमा करिब १५ सेकेण्ड ‘फ्रि फल’ हुने भएकाले पनि साहसिक खेल पारखीहरुले यो खेल रोज्ने गर्दछन् ।

रक क्लाइम्बिङ

साहसिक एवं मनोरञ्जनात्मक रक क्लाइम्बिङ गर्न अहिले उक्त ठाउँमा स्वदेशी तथा विदेशी आरोहीहरूको आगमन बढ्न थालेको छ । यो खेल खेल्दा अग्लो पहरामा डोरीको सहायताले उक्लने र झर्ने गरिन्छ । यसो गर्दा हात र खुट्टाले बल लगाउनुपर्छ । वाल क्लाइमिङ, रक क्लाइमिङ र आइस क्लाइमिङ गरी ३ प्रकारका क्लाइम्बिङ हुने गर्दछन् । शहर केन्द्रित गरिने वाल क्लाईमिङ र प्रायः नेपालमा सबैजसो गरिने रक क्लाइम्बिङ र ठूला–ठूला हिमालहरुमा गरिने क्लाइमिङ आइस क्लाइम्बिङ भनिन्छ ।

सिन्धुपाल्चोकको भोटेकोशी, लमजुङको पर्यटकीय गाउँ पुरानकोट, काठमाडौंको नगरकोट, ललितपुरको हात्तिवन, वालाजुको नागार्जुन, तनहुँको विमलनगर, पोखरामा हलनचोक नजिकै, खुम्बु सगरमाथा जाने बाटो, सोलुखुम्वुको थामे, ईलाम लगायतका स्थानमा यो खेल सञ्चालनमा छ भने केहिमा स्थानहरुमा सफल परीक्षण भईसकेको छ । यस खेलप्रति अहिले नै पर्यटकहरु त्यति आकर्षण नदेखिएपनि बिस्तारै आकर्षण बढ्ने अनुमान गरिएको छ ।

स्कि

प्रायः युरोप मुलुकतिर हिउँमा रमाइलो गरी खेलिने अन्तर्राष्ट्रिय खेल हो स्कि । हिउँले ढाकिएको डाँडा अथवा अग्लो भागबाट खुट्टामा लगाइएको सुरक्षित बुटमा अड्काइएका पातामा चढेर ओरालोतर्फ झरेर रमाइलो गरी यो खेल खेल्न सकिन्छ । अब यो खेल उकालोमा समेत खेल्न मिल्ने गरी नेपाली युवाहरूले देशमै पहिलो पटक ‘स्कि लिफ्ट’ समेत सुरु गरिसकेका छन् । लाङटाङ क्षेत्रको क्यानजिङ गुम्वा आसपास, याला पिक, गोसाईकुण्ड, कालिन्चोक, अन्नपुर्ण वेश क्याम्प, थोरङला पास मिरा पिक, एभरेष्ट कालापत्थर, मनास्लु वेश क्याम्प, धवलागिरी वेश क्याम्प यस खेलका लागि उपयुक्त स्थान मानिन्छ ।

हट एअर बेलुन

पर्यटकीय नगरी पोखरामा एक बर्षअगाडी शुरु गरिएको साहसिक गेम ‘हट एअर बेलुन’ प्रति पर्यटकहरु आकर्षित भएका छन् । पाइलट सहित ९ सिट भएको ठूलो बेलुनमा हावा भरेर ग्यासबाट तातो हावा भरेर उडाउने गरिन्छ । मौसम अनुसार २ देखि ३ हजार फिट सम्म उचाईमा यसको उडान हुने गर्दछ । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याईएको यस खेलका लागि २ प्रकारको प्याकेजको व्यबस्था गरिएको छ । पोखरामा यस साहसिक खेलको सञ्चालन बेलुन नेपालले गर्दै आएको छ ।

¥याफ्टिङ वा कायाकिङ

साहसिक खेलमा रमाउनेहरुका लागि ¥याफ्टिङ वा कायाकिङले पनि नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको मन जितेको छ । ¥याफ्टिङ हावा भरेर चलाउन मिल्ने डुंगा प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो  । यो एउटा मनोरञ्जक साहसिक खेल हो । ¥याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुल्ला गरिएका छन्  । सुनकोशी, मस्र्याङदी, भोटेकोशी, त्रिशुली, कर्णाली, सेती, भेरी, राप्ती, कालिगण्डकी, सेती लगायतका नदीहरुमा ¥याफ्टिङको मजा लिन सकिन्छ ।

माउण्टेन वाईकिङ÷साईकलिङ

हिमालमा साईकल वा वाईकिङमा घुम्ने र साईकल कुदाउने यस साहसिक गेमप्रति बिस्तारै पर्यटकहरु आकर्षित हुँदै छन् । रेसिङमा डाउन हिल, अप हिल, सोलो मेसन, पहाडको टुप्पोबाट झर्ने गाडी मोटरसाईकलमा हिमालको जरा जरासम्म अन्नपूर्ण बेसक्याम साईकलमा घुम्ने कम्पिडिसन छ । हरेक तह र तप्कामा ब्यक्तिहरु यो खेल खेल्न सक्छन् । अरु साहसिक खेल जस्तो यो खेल त्यति महँगो खचिलो पनि छैन् । रुचीअनुसार र स्थानअनुसार फरक फरक रेट कायम गरिने गरिन्छ । पर्यटक नगर काठमाडौं, पोखरा, चितवन, धरान लगायतका क्षेत्रमा साईकलिङको क्रेज छ भने हिमाली भेगमा यो खेल खेल्दा उतिकै रमाइलो हुन्छ ।