Newyork Time 05:20 am
December 5, 2024, Thursday
२०८१ मंसिर २०

वैदेशिक सम्बन्ध नेपाल सरकारले सञ्चालन गर्नुपर्छ, पार्टीले होईन

२०८० चैत्र २७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.2K

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे

परराष्ट्रमन्त्रीको चीन भ्रमण कस्तो भयो ? 

यो भ्रमणमा देशको परराष्ट्रमन्त्रीलाई पार्टीको उपाध्यक्षले ओझेलमा पा¥यो । पार्टीले सरकारलाई उछिन्ने शैलीले निरन्तरता पायो भने वैदेशिक सम्बन्धमा नेपाल सरकार किनारामा धकेलिँदै जानेछ । वैदेशिक सम्बन्ध सञ्चालनमा सरकारको भूमिका नरहेको सूचना प्रवाह भयो भने भारत, चीन र अमेरिकाको सामरिक राडारमा रहेको नेपालको दुर्दिन सुरु हुनेछ । तसर्थ, वैदेशिक सम्बन्ध नेपाल सरकारले नै सञ्चालन गर्नुपर्छ, यसमा सरकारलाई उछिन्ने प्रयास पार्टीका नेताले गर्नुहुँदैन ।

वैदेशिक क्षेत्रमा मौसम कस्तो छ ?
भारतको ‘पडोसी पहेले’ (नेबरहुड फस्र्ट) नीति र चीनको ‘परिधीय कूटनीति’ (पेरिफेरल डिप्लोमेसी)ले नेपालको छिमेक सम्बन्ध सञ्चालनमा नयाँ प्रकृतिको सन्दर्भ ल्याएको छ । यसमा नेपालका लागि अपूर्व अवसर र पहिले नभोगेका धारिला चुनौती छन् । छिमेक नीतिको लक्ष्य र सम्बन्ध सञ्चालनको विधिमा भारत र चीनको समानता र भिन्नतालाई राज्यका सबै अंगले एकीकृत रूपमा सम्बोधन गर्ने कार्यपद्धति बनाउनुपर्छ । एउटा छिमेकीले अतिथि परराष्ट्रमन्त्रीसँग ठाडै सरकारको आयु सोध्ने, अर्काले ‘पोडकास्ट’मार्फत गुनासो गर्दै ‘बसेर मिलाउनुपर्ने सीमा विवाद जनस्तरमा पु¥याएर नागरिकलाई भड्काएको’ भन्ने अवस्थाले नेपालको राजनीति र कूटनीतिका कमजोरीले छिमेकीसँगको सम्बन्धमा मौसम असामान्य बनाएको देखाउँछ ।

नेपालको सामर्थ्य र कमजोरी के–के हुन् ?
भूगोल सामर्थ्य हो, यसको प्रयोगमा संयमको कमी–कमजोरी हो । २१ चैतमा प्रकाशित ‘ग्लोबल क्रेडिट आउटलुक रिपोर्ट २०२४’ ले २०३० मा अमेरिका, चीन र भारत विश्वका पहिलो, दोस्रो र तेस्रो आर्थिक शक्ति बन्ने बताएको थियो । यसको अर्थ पहिलोपटक दुई विश्व आर्थिक महाशक्तिसँग जमिन जोडिएको एक्लो छिमेकीको हैसियत नेपालले पाउनेछ । यसले अमेरिका, भारत र चीनको सामरिक परिकलनमा नेपालको भूराजनीतिक स्थापनाको महत्व अभैm बढाउनेछ । यसबाट प्राप्त हुने सामर्थ्यलाई राजनीतिक र कूटनीतिक सीपबाट सदुपयोग गरी नेपाल दक्षिण एसियाको शक्ति केन्द्र बन्न सक्छ, बन्नुपर्छ ।

from Nayapatrika