Newyork Time 09:36 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

कराते खेलाडी एरिकालाई अमेरिकामा ७ हजार डलरसहित सम्मान

२०८० चैत्र २६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

930

एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्रसहित सम्मान गरिएको साग स्वर्ण विजेता लामाले जानकारी दिनुभयो ।

च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौँको बालाजुमा विगत चार वर्षदेखि सञ्चालनमा छ । टेक्सासमा भएको युएसए ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन अमेरिका पुगेकी एरिकालाई न्युयोर्कमा सम्मान गरिएको हो ।

उनलाई तमु परिवारले दुई हजार ७५६, तमु सोसाइटीले ९५३, सुदुरपश्चिम समाजले ५५०, इन्टरनेसनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिनुभयो ।

युएसए ओपनको १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा भने रजत पदक जितेकी थिइन् । धादिड नीलकण्ठ १३ लाहुरेगाँउकी एरिकाले यस अघि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा दर्जनौ खेलमा पदक तथा सम्मान प्राप्त गरेकी छिन .