Newyork Time 07:51 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

यस्ता छन विश्वकप खेल्ने नेपाली टोली

२०८१ बैशाख २०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

875

 

नेपालले अर्को महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपालको टोलीमा  रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

स्पिनर सागर ढकाल, तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर अनिलकुमार साह अन्तिम १५ मा स्थान बनाउन सफल भए । अन्य १२ खेलाडी नेपालको विश्वकप टोलीमा पर्ने यसअघि नै लगभग पक्का थियो ।

सन् २०१४ पछि विश्वकप खेल्न लागेको नेपालले ब्याटिङ र बलिङ दुबैमा ध्यान दिएको छ । नेपालको टोलीमा पाँच प्रमुख ब्याटर कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल र सन्दीप जोरा छन् ।

तीन प्रमुख अलराउन्डरमा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा छन् । दुई बलिङ अलराउण्डरमा करण केसी र सोमपाल कामी तथा पाँच बलरमा कमलसिंह ऐरी, सागर ढकाल, ललित राजवंशी, प्रतिश जिसी र अभिनाश बोहरा छन् ।

१५ मध्ये ललित, अभिनाश र सागरबाहेक अन्य १२ खेलाडीले ब्याटिङबाट खेल जिताउन सक्छन् । नेपालको बलिङमा पनि १२ खेलाडीको विकल्प छ । सन्दीप जोरा, आसिफ शेख र अनिल साह बाहेक अन्य सबैले नियमित बलिङ गर्दै आएका छन् । कुशल भुर्तेल लेग स्पिन र रोहित पौडेल अफ स्पिन बलिङ गर्दै आएका छन् । विपक्षी टोलीमा बायाँ हाते ब्याटर बढी हुँदा रोहित आफैं बलिङमा आउने गर्छन् । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले प्रमुख स्पिनरको भूमिका निर्वाह गर्ने गर्छन् ।

दीपेन्द्रले पावर प्ले, मध्यक्रम र डेथ ओभर जुनसुकै बेला पनि राम्रो गर्न सक्छन् । नेपालको प्लेइङ–११ मा बलिङमा कम्तीमा ७ विकल्प हुनेछ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, गुल्शन झा र कमलसिंह ऐरी छन् ।