Newyork Time 12:42 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

क्रिकेटर सन्दिप लामीछाने टि २० विश्वकप खेल्न वेष्ट ईण्डिजमा

२०८१ जेष्ठ २८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

525

 

विश्वमा नेपाल चिनाएका क्रिकेटर सन्दिप लामीछाने अमेरिकाले भिषा नदिएपनि वेष्ट ईण्डिजमा हुने दुई खेलमा भाग लिन वेष्ट ईण्डिज पुगी सकेको समाचार छ । क्यानद्धारा जारी विज्ञप्तिमा खेल खेल्न उनि त्यसतर्फ लागेका हुन । जे होस क्यानले आफुमाथी लागेको आरोपहरुलाई चिर्दै सन्दीपलाई वेष्ट ईण्डिजमा उतारेर त्यहाँ हुने खेलमा नेपालले जित्न सके नेपालीका लागि अर्को सफलता हुनेछ ।क्यानका पदाधिकारीका अनुसार सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। नेपाली टोली श्रीलंकासँग खेलेपछि बिहीबार वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुग्नेछ।

उनी वेस्ट इन्डिज पुगेपछि मात्र क्यानले आधारिकारिका विज्ञप्ति जारी गरेको छ। उनी वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुगेका हुन्। सेन्ट भिसेन्टको राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार टी(२० विश्वकप अवधिभरका लागि नेपालीका लागि भिसा लिन नपर्ने व्यवस्था गरिएको छ। क्यानले सन्दीप कुन बाटो भएर वेस्ट इन्डिज पुगेको विषयमा भने खुलाएको छैन। क्यानका अनुसार सन्दीपको नाम सामवेश गर्दै तीव्र गतिका युवा बल प्रतिश जिसीलाई टाभलिङ रिजर्भमा राखिएको छ।

‘सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेश गरेको थियो,’ क्यानको भनाइ छ, ‘गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल टिममा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं।’

टि २० आईसिसि क्रिकेटको वेष्ट ईण्डिजमा दुई खेल हुनेछ । जसमा नेपाल आगामी खेलहरु अफ्रिका, वंगलादेश र श्रीलंकासंग खेल्नेछ । जसमा अमेरिकाको फ्लोरिडामा १२ तारिक श्रीलंकासंग खेल्नेछ भने बाँकी दुई खेल असार १ मा नेपालविरुद्ध दक्षिण अफ्रिका, वेष्ट ईण्डिजको आरोन्स भेल ग्राउण्ड किंग्स टाउनमा र असार ३ गते १७ जुनमा नेपालविरुद्ध बंगलादेशसंग आरोन्स भेल ग्राउण्ड किंग्स टाउन वेष्ट ईण्डिजमा हुनेछ । दुई खेलका लागि सन्दीपलाई क्यानले वेष्ट ईण्डिज पुर्याएको खबर छ । जुन नेपाली खेल प्रेमीहरुका लागि खुसीको कुरा हो । यस अघि अमेरिकाको टेक्सासमा भएको खेलमा नेपाल नेदरल्याण्डसंग एक खेल हारी सकेको छ ।