Newyork Time 08:44 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

टी–२० विश्वकपमा आतंकवादी हमलाको हल्ला

२०८१ बैशाख २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

350

ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कैथ रोलीले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा आतंकवादी हमलाको ‘थ्रेट’ आएको बताएका छन् । आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा विश्वकप गर्दै छ । प्रधानमन्त्री रोलीले वेस्ट इन्डिजमा रहेका सुरक्षा एजेन्सीले सम्भावित हमलाको निगरानी गरिरहेको जनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र क्रिकेट वेस्ट इन्डिजले विश्वकपलाई सुरक्षित रूपमा आयोजना गर्न सबै किसिमको सुरक्षा योजना तयारी अवस्थामा जनाएका छन् ।

विश्वकप वेस्ट इन्डिज र अमेरिकामा गरी कुल नौ सहरमा हुुनेछन् । जसमध्ये वेस्ट इन्डिजका ६ र अमेरिकाका तीन सहरमा खेल आयोजना हुनेछन् । अमेरिकामा भन्दा वेस्ट इन्डिजमा हुने खेलमा सुरक्षा खतरा भएको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएको छ । ‘२१औँ शताब्दीमा आतंकवादको खतरा विभिन्न रूपमा देखिएका छन्, टी–२० विश्वकपमा पनि आतंकवादी हमलाको चेतावनी छ,’ प्रधानमन्त्री रोलीले क्लिकइन्फोसँग कुराकानी गर्दै भने, ‘हामीले प्रतियोगीलाई सुरक्षित रूपमा आयोजना गर्न सबै किसिमका तयारी गरेका छौँ ।’ उनले आतंकवादीको चेतावनी आए पनि कुन समूहबाट ‘थ्रेट’ आएको भनी खुलासा गरेका छैनन् ।