Newyork Time 12:51 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

नेपालले अमेरिका र क्यानडासँग टी-२० विश्वकप अभ्यास खेल खेल्ने-विश्वकप तालिकासहित

२०८१ जेष्ठ ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

300

नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

विश्वकपमा समूह विभाजन

समूह ए – क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका

समूह बी – अष्ट्रेलिया, इंग्लयाण्ड, नामिबिया, ओमान, स्कटल्यान्ड

समूह सी – अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र वेष्टइण्डिज

समूह डी – नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका

टी–२० विश्वकपमा नेपाली समय अनुसार खेल तालिका, समय र मैदान

जेठ २२ (४ जुन ) – नेपालविरुद्ध नेदरल्यान्ड्स, राती ९ : १५, ग्रान्ड पेरी स्टेडियम

जेठ ३० (१२ जुन ) – नेपालविरुद्ध श्रीलंका, बिहान ५ : १५, सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम

असार १ (१५जुन) – नेपालविरुद्ध दक्षिण अफ्रिका, बिहान ५ : १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

असार ३ (१७ जुन) – नेपालविरुद्ध बंगलादेश, बिहान ५ : १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन