Newyork Time 09:13 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

बर्षातका कारण नेपाल र श्रीलङ्काबीचको विश्वकप क्रिकेट खेल रद्द, अंक बाँडे

२०८१ जेष्ठ ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

470

आइसिसी टि २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ । विश्वकपको दोस्रो खेल सनसाइन स्टेट भनेर चिनिने अमेरिकाको फ्लोरिडामा लगातार बर्षाका कारण रद्द भएपछि दुवैले अंक बाँडेका छन । स्थानीय समय अनुशार बेलुका साढे ७ बजे सुरु हुने खेल बर्षाका कारण अन्यौलमा थियो । खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक–एक अंक जोड्नेछन् ।

साढे ८ बजे पिच निरीक्षण सुरु भए लगत्तै पानी पर्न थालेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो ।
खेल हेर्न ठुलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो । टी २० पुरुष विश्वकप क्रिकेट सुरु भएको ११ दिन आज क्रिकेटको राजधानी मानिएको अमेरिकाको फ्लोरिडामा अमेरिकामा र क्यानडामा रहेका नेपालीहरु खेल हेर्न र हौसला बढाउन फ्लोरिडामा आईरिएका थिए ।