Newyork Time 12:56 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

टि २० विश्वकप क्रिकेट शुरु , अमेरिकाद्धारा क्यानडामाथी सानदार विजयी सुरुआत, नेपाली टोली केहिले कोसंग खेल्दैछन खेल तालिकाहित

२०८१ जेष्ठ २०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

925

आइसिसी टी ९२० विश्वकप २०२४ को अमेरिकी समय अनुसार ९ बजे औपचारिक उद्घाटन भएर गेम शुरु भएको छ । पहिलो उद्घाटन खेल सहआयोजक अमेरिका र छिमेकी क्यानडाबीच टेक्सासको ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा शुरु भएको हो । उद्घाटन खेलमा अमेरिकाद्धारा क्यानडा पराजित अमेरिकाको टेक्सासमा भएको टि २० विश्वकप क्रिकेटमा भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई जितेको छ । डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो । क्यानडाबाट अमेरिकालाई १९५ रनको लक्ष्य लिएको छ ।

आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ ।

१९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे ।

एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२-२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

अमेरिकाको सुरुआत भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए । मोनांक पटेल आउट हुँदा अमेरिका ६.३ ओभरमा ४२-२ को अवस्थामा थियो ।

तर त्यसपछि जोन्स र गौसले पूरै खेलको माहोल नै परिवर्तन गरेका थिए । क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक/एक विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए पनि जित्नलाई पर्याप्त भएन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए ।

क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५.२ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । उनी स्पिनर हरम्रीत सिंहको स्लो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगेका थिए ।

परगत सिंह ५ रनमा रन आउट भएका थिए । त्यो समय क्यानडा ८ ओभरमा ६६-२ को अवस्थामा थियो । त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्टोन र धालिवालले ३७ बलमा ६२ रनको साझेदारी गरेका थिए । अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक/एक विकेट लिए ।

समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ । समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्दै सुरुआत गर्नेछ ।

 

अपडेट

। अमेरिकामा क्रिकेट प्रेमीहरु कम भएको कारण त्यहि धेरै उत्साह छैन तर क्रिकेटका लागि मरिहत्ते गर्ने नेपाललगायतका देशका लागि भने यो प्रतियोगिताले ठूलो अर्थ राखेको छ । टेक्सासमा नेपाली भारतीय बंगलादेशी तथा एसियनहरुको ठुलो बसोबास रहेकोले पनि रौनक बढेकै छ । त्यसमा पनि विश्वभरका क्रिकेटप्रमी यतिखेर अमेरिका ओईरिएका छन ।
समूह ‘डी’ मा रहेको नेपालका लागि १० वर्षपछि विश्वकपमा फर्किदा धेरै अवसर छन् । हाल टोलीमा रहेका अधिकांस खेलाडीहरू नेपालले सन् २०१४ को पहिलो पटक खेलेको विश्वकप हेरेर हुर्किएका खेलाडी छन् । दश वर्षअघिको विश्वकपले नेपालमा क्रिकेटको क्रेज बढाएको थियो ।

त्यहि अनुसार नेपालका कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देसाइले कम्तिमा पनि एउटा टेस्ट राष्ट्रलाई हराउने लक्ष्य रहेको बराम्बार बताइएका छन् । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका र श्रीलंका दुई शीर्ष वरीयतामा रहेका टोली हुन् । टी(२० विश्वकपको पूर्वच्याम्पियन श्रीलंका र दक्षिण अफ्रिकासहित नेपालले बंगलादेश, नेदरल्यान्ड्ससँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो तयारी राम्रो संग गरी रहेको बताइएको छ तर पनि आफ्नो मुख्य खेलाडी सन्दिप लामीछाने नभएकोले केहि अभाव भने पक्के खड्किनेछ । संसारभरका क्रिकेट प्रेमी यतिखेर टेक्सास आई पुगेका छन ।

 


समूहलाई कतिपयले ‘ग्रुप अफ डेथ’ भने पनि वास्तविक अर्थमा नेपालका लागि भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड जस्ता टोली भन्दा बंगालदेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्न सजिलो हुनेछ । नेपालले प्रत्येक टोलीलाई हराउन सक्ने क्षमता राख्ने आइसिसीले समेत विश्लेषण गरेको छ । नेपालको युवा टोलीको कप्तानी २१ वर्षीय रोहितकुमार पौडेलले गर्दैछन्। विगत एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको नेपालले अब मैदानमा नजिता निकाल्ने तयारी गरिरहेका छन । सामना गर्ने पहिलो प्रतिद्वन्द्वी नेदरल्यान्ड्स हो । पछिल्ला आइसिसी प्रतियोगिताहरूमा आश्चर्यजनक नतिजा हासिल गरेको नेदरल्यान्ड्सलाई पराजित गर्न नेपाललाई सहज भने पक्का हुनेछैन ।
नेपालका लागि श्रीलंकाको खेल पनि महत्वपूर्ण हुनेछ। फ्लोरिडामा नेपालले श्रीलंकासँग दोस्रो खेल खेल्नेछ। वानिन्दु हसरंगाले श्रीलंकाको पहिलो पटक कप्तानको रुपमा विश्वकप खेल्नेछन्। कुसल मेन्डिस, पथुम निसान्का, चरित असालान्का, सदीरा समराविक्रमा र धनंजया डी सिल्भाले श्रीलंकाको ब्याटिङ युनिटलाई बलियो बनाएको छ।
जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदैछन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदैछन् ।

 

विश्वकपमा समूह विभाजन

समूह ए – क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका

समूह बी – अष्ट्रेलिया, इंग्लयाण्ड, नामिबिया, ओमान, स्कटल्यान्ड

समूह सी – अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र वेष्टइण्डिज

समूह डी – नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका

टी–२० विश्वकपमा नेपाली समय अनुसार खेल तालिका, समय र मैदान

जेठ २२ (४ जुन ) – नेपालविरुद्ध नेदरल्यान्ड्स, राती ९ ः १५, ग्रान्ड पेरी स्टेडियम

जेठ ३० (१२ जुन ) – नेपालविरुद्ध श्रीलंका, बिहान ५ ः १५, सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम

असार १ (१५जुन) – नेपालविरुद्ध दक्षिण अफ्रिका, बिहान ५ ः १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

असार ३ (१७ जुन) – नेपालविरुद्ध बंगलादेश, बिहान ५ ः १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

 

हालसम्म वल्डकप क्रिकेट जित्ने देशहरु

इङल्याण्ड टी २० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी(२० विश्वकप्को यो नवौं सिजन हो । यसअघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २(२ पटक जितेका छन् । इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी(२० विश्वकप जितेको थियो ।
त्यस्तै, भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एकपटक टी २० विश्वकप जितेका छन् । भारतले टी २० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो भने अस्ट्रेलियाले २०२१ मा श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो । त्यस्तै, टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजील्याण्ड र दक्षिण अफ्रिकाजस्ता देशले अहिलेसम्म टी २० विश्वकप जित्न सकेका छैनन् ।
न्यूजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै आयरल्याण्ड र बंगलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्डस एक पटक सुपर १२ मा, अफगानिस्तान एकपटक सुपर १० सम्म पुगेका छन् । त्यस्तै जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एकरएक पटक सुपर १२ सम्म पुगेका छन् । त्यस्तै, नेपालले भने १० वर्षपछि टी(२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी(२० विश्वकपमा नेपालसमूह ‘डी’ मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।