Newyork Time 12:26 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

सुपर ओभरमा अमेरिका विजयी, पाकिस्तान पहिलो खेलमै स्तब्ध

२०८१ जेष्ठ २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

245

टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रनका रूपमा उपहार दिएका थिए । जवाफमा पाकिस्तानले एक विकेट गुमाएर १३ रन मात्र बनाउन सक्यो ।

जारी विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो । पाकिस्तान टी–२० विश्वकपको पूर्वविजेता पनि हो । पाकिस्तानले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो ।

usa

टी–२० विश्वकपमा अमेरिकाको भने यो पहिलो सहभागिता हो । आयोजक राष्ट्रको हैसियतमा विश्वकपमा टोली सहभागी बनेको हो ।

प्रतियोगितामा आयोजक अमेरिकाको यो लगातार दोस्रो जित हो । अमेरिकाले यसअघि आफ्नो पहिलो खेलमा छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले पराजित गरेको थियो । दोस्रो जितपछि ४ अंक बटुल्दै टोली समूहको शीर्ष स्थानमा पुगेको छ ।

यो विश्वकपमा सुपर ओभरबाट खेलको निर्णय भएको दोस्रो अवसर हो । यसअघि गत जेठ २१ गते समूह बी अन्तर्गत नामिबिया र ओमानबिचको खेल सुपर ओभरमा पुगेको थियो । उक्त खेलमा नामिबिया विजयी बनेको थियो ।

आजको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनायो । दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।