• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इजरायलद्धारा गाजामा ६० दिन युद्धविराम गर्न तयार

  •  खबरमाला संवाददाता
  • २०८२ असार १८, बुधबार ०६:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिनको युद्धविराम अन्तिम रूप दिन आवश्यक “सबै सर्तहरू“ मा सहमति जनाइसकेको बताएका छन् । प्रस्तावित सम्झौताको अवधिमा “हामी सबै पक्षसँग मिलेर युद्ध अन्त्य गर्ने प्रयास गर्नेछौं,“ ट्रम्पले आफ्नो सोसल मिडिया ट्रुथ सोशलमा लेखेका छन् । कस्ता सर्त भन्ने विषयमा खुलासा भने गरेका छैनन् ।

    राष्ट्रटपति ट्रम्पले भनेका छन “कतारी र इजिप्टेलीहरूले, शान्ति ल्याउन धेरै मेहनत गरेका छन्, यो अन्तिम प्रस्ताव अघि ल्याउनेछन् । म आशा गर्छु… कि हमासले यो सम्झौता स्वीकार गर्छ, किनभने अबभन्दा राम्रो मौका आउँदैन यदि यो मौका गुम्यो भने स्थिति झन् बिग्रिने मात्र छ ।“

    इजरायलले गाजामा सैनिक कारबाही ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि सुरु गरेको थियो, जसमा करिब १ हजार २०० जना इजरायली मारिएका थिए । त्यसयता, हमास–शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, कम्तीमा ५६ हजार ६४७ जना गाजाली मारिएका छन् । गाजामा प्रस्तावित युद्धविरामका सर्तहरू हमासले स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा अहिले तत्काल प्रस्ट छैन ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाअघि आगामी हप्ता हुने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सँग अमेरिकामा भेटवार्ता तय गरिएको छ, जसमा ट्रम्पले आफू “एकदम कडा रूपमा प्रस्तुत हुने“ बताएका छन् । मंगलबार, ट्रम्पले आफूलाई विश्वास छ कि नेतन्याहु गाजामा द्वन्द्व अन्त्य गर्न चाहन्छन्, भनेका छन् । त्यही दिन, इजरायलका रणनीतिक मामिलामन्त्री रोन डर्मर अमेरिकी मध्यपूर्व विशेष दूत स्टिभ विटकाफ, विदेशमन्त्री मार्को रुबियो, र उपराष्ट्रपति जेडी भ्यान्ससँग वाशिङ्टनमा भेट गर्ने तय भएको थियो ।

    गत साता, हमासका एक वरिष्ठ अधिकारीले बताएका थिए कि मध्यस्थकर्ताहरू युद्धविराम र बन्धक मुक्तिको नयाँ सम्झौता गराउन थप प्रयासरत रहेको बताएका थिए । उता इजरायलले भनेको छ कि “जबसम्म हमास पूर्ण रूपमा समाप्त हुँदैन, द्वन्द्व अन्त्य हुन सक्दैन ।“ विपरीतमा, हमासले स्थायी युद्धविराम र गाजाबाट पूर्ण इजरायली फौजी फिर्ताको माग गर्दै आएको छ । अझै करिब ५० जना इजरायली बन्धकहरू गाजामा छन्, जसमध्ये कम्तीमा २० जना जिवित रहेको विश्वास गरिएको छ ।

    Post Views: 236
    प्रकाशित मिति: २०८२ असार १८, बुधबार ०६:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    Advertisement
    ताजा अपडेट
    • १. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ४. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ५. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ३. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.