• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालको मानवअधिकारमा सुधार भएन: अमेरिकी प्रतिवेदन

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ३०, बिहीबार ०८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सरकारको मानवअधिकार प्रतिवेदनले नेपालमा मानवअधिकारको अवस्था सुधार नभएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा गैरन्यायिक हत्या, यातना, मानव तस्करी र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्धको उल्लेख गरिएको छ। सञ्चारमाध्यममा आक्रमण र पत्रकारहरूमाथि हिंसा भएको घटनाले ‘सेल्फ सेन्सरसिप’ वातावरण सिर्जना गरेको प्रतिवेदनमा भनिएको छ।

    अमेरिकी सरकारको ‘मानवअधिकार प्रतिवेदन–२०२४’ ले नेपालमा मानवअधिकारको समग्र अवस्थामा सुधार नभएको निष्कर्ष निकालेको छ । बुधबार जारी ‘मानवअधिकार अभ्यासहरू–२०२४’ प्रतिवेदनमा नेपालमा गैरन्यायिक हत्या, यातना, मानव तस्करी, अमानवीय तथा अपमानजनक व्यवहार, अभिव्यक्ति र मिडिया स्वतन्त्रतामाथि हमलाका साथै पत्रकारहरूविरुद्ध हिंसा, धम्की र स्वेच्छाचारी गिरफ्तारी भएको भनिएको छ । प्रतिवेदनमा नेपालको सञ्चारमाध्यममा भएका आक्रमणलाई पनि समेटिएको छ ।

    अमेरिकी सरकारको प्रजातन्त्र, मानवअधिकार र श्रम विभागले जारी गरेको प्रतिवेदनमा नेपालमा अभिव्यक्ति स्वतन्त्रता र मिडिया स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध, सञ्चारकर्मीहरूमाथि हिंसा, धम्की र अनुचित गिरफ्तारी भएको जनाइएको छ ।

    सरकारले मानवअधिकार उल्लंघन गर्ने अधिकारीहरूमाथि अनुसन्धान गर्न कदम चाले पनि दोषी ठहरिएका अधिकारीहरूलाई सजाय दिलाउन नसकेको प्रतिवेदनको निष्कर्ष छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नक्कली नागरिकताको आरोपमा पक्राउ गरिएको घटनालाई उदाहरणका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘नेपालको सबैभन्दा ठूलो दैनिक कान्तिपुरले उच्च पदस्थ राजनीतिज्ञका अनियमितताका समाचार लेखेकामा त्यसको प्रतिशोधमा सिरोहियालाई पक्राउ गरिएको नेपाल पत्रकार महासंघको दाबी छ,’ प्रतिवेदनमा भनिएको छ ।

    Post Views: 218
    प्रकाशित मिति: २०८२ श्रावण ३०, बिहीबार ०८:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा
    Advertisement
    ताजा अपडेट
    • १. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • २. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ३. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ४. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • ५. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.