• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्व इजरायली हमलामा पाँच पत्रकारको मृत्यु

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र १०, मंगलवार ०८:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दक्षिणी गाजामा रहेको एक अस्पतालमा सोमबार इजरायली हमला हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।

    ‘दक्षिणमा रहेको खान युनिसस्थित नासिर अस्पतालमा भएको हमलामा परी पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्यसहित हालसम्म २० जनाको मृत्यु भएको छ,’ गाजास्थित नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले भने । मिडिया अनुगमनकारी संस्थाका अनुसार इजरायल र हमासबीच २२ महिनादेखि चलिरहेको युद्धमा परी १ सय ९० भन्दा बढी पत्रकार मारिइसकेका छन् ।

    कतारस्थित टीभी नेटवर्क अलजजिराका प्रवक्ताले सोमबार आफ्ना एक फोटो पत्रकार तथा क्यामेरापर्सन मोहम्मद सलामाको उक्त हमलामा परी मृत्यु भएको बताएका छन् । ‘अलजजिरा मिडिया नेटवर्कले यस भयानक अपराधको कडा शब्दमा भर्त्सना गर्दछ । सेनाले सत्यलाई चुप गराउने योजनाबद्ध अभियानको एक भागका रूपमा पत्रकारहरूलाई प्रत्यक्ष रूपमा निसाना बनाएको छ र हत्या गरेको छ,’ अलजजिराले भनेको छ ।

    पहिलो हमलापछि धूवाँ उडिरहेको फुटेजमा देखिएको थियो । भिडियोमा एक चिकित्सकले पत्रकारहरूलाई देखाउन रगतले लतपतिएको लुगा उठाइरहेका बेला अर्को हमला भएको थियो । उक्त हमलामा आफ्ना सहकर्मी हुसाम अल–मसरीको ज्यान गएको रोयटर्सले पुष्टि गरेको छ । उनी एक भवनको छतबाट टीभीमा प्रत्यक्ष प्रसारण गरिरहेका थिए, जुन पहिलो हमलालगत्तै बन्द भएको थियो । प्रत्यक्षदर्शीका अनुसार, उद्धारकर्मी र पत्रकारहरू पहिलो हमलाको स्थलमा पुगेपछि दोस्रो हमला भएको थियो । रोयटर्सका प्रवक्ताले सहकर्मीको निधनले मर्माहत भएको उल्लेख गर्दै सोही हमलामा परी रोयटर्सकै हातेम खालिद घाइते भएको बताए । ‘हामीले तत्काल थप जानकारी मागिरहेका छौं, गाजा र इजरायलका अधिकारीहरूलाई हातेमका लागि तत्काल चिकित्सा सहायता प्रदान गर्न आग्रह गरेका छौं,’ रोयटर्सका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले पनि एक विज्ञप्ति जारी गर्दै ३३ वर्षीया फोटो पत्रकार मरियम डग्गाको मृत्युको खबरले स्तब्ध र दुःखी बनाएको जनाएको छ । यसअघि एक विज्ञप्ति जारी गर्दै डग्गाको हत्या हुँदा उनी एजेन्सीमा कुनै पनि जिम्मेवारीमा नभएको उल्लेख गरिएको थियो ।

    दुई साताअघि पनि इजरायली सेनाले गाजा सहरको अल–सिफा अस्पताल नजिकै गरेको हमलामा परी अलजजिराका चार जनासहित ६ पत्रकार मारिएका थिए । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले पत्रकारको ज्यान जाने गरी भएका निरन्तरका हमलाको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भनेको छ । तर इजरायल रक्षा बल (आईडीएफ) ले भने हमलामा मारिएका अलजजिराका रिपोर्टर अनस अल–सरिफ हमासमा आतंकवादी सेलको प्रमुखका रूपमा काम गरेको दाबी गर्दै आएको छ । तर उक्त दाबीलाई इजरायलले हालसम्म पुष्टि गर्न भने सकेको छैन ।

    Post Views: 189
    प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार ०८:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज
    Advertisement
    ताजा अपडेट
    • १. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • २. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ३. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.