• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १८, बिहीबार २२:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्रश्रोतका अनुसार पहिले परराष्ट्र मन्त्रि शिशिर खनाललाई पठाउने तयारी भए पनि भोटेकोशी बाढी पछि चौतर्फी दबाब बढेपछि प्रधानमन्त्रि पनि सहभागी हुन लागेका हुन । उनीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सँगै जानेछन् ।

    ‘जाने तयारी भएपछि हामीले तयारी थालेका छौं मन्त्रालयले गर्नुपर्ने तयारी अघि बढाएको छ,’ मन्त्रालय स्रोतले भन्यो । महासभामा के विषय उठाउने भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पनि चासो व्यक्त भएको परराष्ट्र स्रोतले बतायो । प्रधानमन्त्री शाहको भ्रमणबारे औपचारिक निर्णय भने हुन बाँकी छ । यसअघि गत ३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनका लागि स्वीकृति दिएको थियो ।

    पछिल्लोपटक रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शाह पनि सभामा सहभागी हुन जान लागेको स्रोतको भनाइ छ । प्रधानमन्त्री शाह आफैं उपस्थित भएर उक्त सभामा जलवायुको विषय उठाउन पर्ने माग पछिल्लो समय बढेको थियो । जलवायु संकटकै कारणले नेपालले ठूलो क्षति व्यहोरेको पृष्ठभूमिमा यो सभालाई प्रयोग गरेर नेपालले आफूमाथि न्याय माग्नपर्ने माग उठ्दै आएको छ ।

    Post Views: 33
    प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार २२:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?
    विकासको शैली नफेरिए विपद्को क्षति झन् बढ्ने विज्ञको चेतावनी
    दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पुग्यो उद्धार उपकरण
    Advertisement
    ताजा अपडेट
    • १. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    • २. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ३. विकासको शैली नफेरिए विपद्को क्षति झन् बढ्ने विज्ञको चेतावनी

    • ४. दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पुग्यो उद्धार उपकरण

    • ५. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    चर्चित
    • १. ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ? फुट्यो भने फेरी के होला ?

    • २. शव गाडेर प्रमाण नष्ट गर्ने हतार कि ! पहिचान गरेर परिवारलाई अन्तिम बिदाइ दिने जिम्मेवारी ?

    • ३. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ४. बिनासकारी बाढीमा विदेशी उद्धार टोलीको प्रस्ताव किन अस्वीकार गर्यो सरकारले ?

    • ५. भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म के के भयो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.