‘काठमाडौं नजिकै धार्केमा करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने सहासिक पर्यटकीय गन्तव्य निमाण हुने भएको छ । द क्लिफले धादिङ, पोखरा र धरानमा सवा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको बताएको छ । करिब ५ सय रोपनी क्षेत्रफलमा भिल्लासहितको बन्जी बनाउँछौं,’ कम्पनीका अध्यक्ष राजु कार्कीले बताएका छन । ५० वटा भिलासहित बन्जी र स्काइवाक सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । ‘काठमाडौंमा ३ सय ५६ मिटर अग्लो बन्जी निर्माण गर्छौं,’ उनले भने, ‘बन्जी र स्काइवाकसँगै डाउन हिल कार्ट एड्भेन्चर पनि थप्छौं ।’

गैरआवासिय नेपालीद्धारा लगानी गरिएको द क्लिफ समूहले देशका प्रमुख पर्यटकीय सहरहरुमा सहासिक पर्यटकीय लगानी विस्तार गर्ने भएको छ । द क्लिफले धादिङ, पोखरा र धरानमा सवा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको बताएको छ । यस समुहले पर्वतको कुस्माबाट पहिलो साहसिक पर्यटन व्यवसाय सुरु गरेको थियो ।
कालीगण्डकीमाथि निर्मित नेपालकै चर्चित बन्जीबाट व्यवसाय विस्तार गरेको द क्लिफले साहसिक पर्यटनलाई नयाँ गन्तव्यसम्म पुर्याउने योजनाअन्तर्गत तीन वटै सहरमा छुट्टाछुट्टै परियोजना अघि बढाएको हो । समूहले तीन वटै ठाउँमा बन्जी, स्काइवाकसँगै नयाँ एड्भेन्चर पनि सञ्चालनमा ल्याउने जनाएको छ ।
कुस्मामा सञ्चालित बन्जीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेपछि त्यही अनुभवका आधारमा अन्य पर्यटकीय सहरमा व्यवसाय विस्तार गर्न लागिएको समूहका संस्थापक तथा अध्यक्ष राजु कार्कीले बताएका छन ।
धादिङमा ‘एरिया ३००’, पोखरामा ‘बी वाइल्ड’ र धरानमा ‘ड्रिम धरान’ कम्पनीमार्फत हस्पिटालिटीसहितको एड्भेन्चर पर्यटनलाई अघि सार्न लागिएको कार्कीले बताएका छन । तीन वटै ठाउँमा सञ्चालनमा आएपछि करिब ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ । काठमाडौंमा सबैभन्दा धेरै लगानीमा भिल्लासहितको एड्भेन्चर सुरु गर्ने लागिएको ‘एरिया ३००’ कम्पनीका प्रबन्ध निर्देशकसमेत रहेका कार्कीले बताए ।
पर्यटकलाई लामो समयसम्म गन्तव्यमा राख्न सक्ने गरी आवास तथा अन्य मनोरन्जनात्मक गतिविधि पनि समेटिने उनको भनाइ छ । यस कम्पनीमा गैरआवासिय नेपाली संघका पुर्व अध्यक्ष महेश श्रेष्ठलगायतको पनि लगानी रहेको छ ।





