• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनको लागानीमा धादिंडको धार्केमा ३ अर्ब रुपैयाँमा बन्जी र स्काईवाक निर्माण हुँदै

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन २, शुक्रबार ०१:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ‘काठमाडौं नजिकै धार्केमा करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने सहासिक पर्यटकीय गन्तव्य निमाण हुने भएको छ । द क्लिफले धादिङ, पोखरा र धरानमा सवा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको बताएको छ । करिब ५ सय रोपनी क्षेत्रफलमा भिल्लासहितको बन्जी बनाउँछौं,’ कम्पनीका अध्यक्ष राजु कार्कीले बताएका छन । ५० वटा भिलासहित बन्जी र स्काइवाक सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । ‘काठमाडौंमा ३ सय ५६ मिटर अग्लो बन्जी निर्माण गर्छौं,’ उनले भने, ‘बन्जी र स्काइवाकसँगै डाउन हिल कार्ट एड्भेन्चर पनि थप्छौं ।’

    गैरआवासिय नेपालीद्धारा लगानी गरिएको द क्लिफ समूहले देशका प्रमुख पर्यटकीय सहरहरुमा सहासिक पर्यटकीय लगानी विस्तार गर्ने भएको छ । द क्लिफले धादिङ, पोखरा र धरानमा सवा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको बताएको छ । यस समुहले पर्वतको कुस्माबाट पहिलो साहसिक पर्यटन व्यवसाय सुरु गरेको थियो ।

    कालीगण्डकीमाथि निर्मित नेपालकै चर्चित बन्जीबाट व्यवसाय विस्तार गरेको द क्लिफले साहसिक पर्यटनलाई नयाँ गन्तव्यसम्म पुर्‍याउने योजनाअन्तर्गत तीन वटै सहरमा छुट्टाछुट्टै परियोजना अघि बढाएको हो । समूहले तीन वटै ठाउँमा बन्जी, स्काइवाकसँगै नयाँ एड्भेन्चर पनि सञ्चालनमा ल्याउने जनाएको छ ।

    कुस्मामा सञ्चालित बन्जीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेपछि त्यही अनुभवका आधारमा अन्य पर्यटकीय सहरमा व्यवसाय विस्तार गर्न लागिएको समूहका संस्थापक तथा अध्यक्ष राजु कार्कीले बताएका छन ।

    धादिङमा ‘एरिया ३००’, पोखरामा ‘बी वाइल्ड’ र धरानमा ‘ड्रिम धरान’ कम्पनीमार्फत हस्पिटालिटीसहितको एड्भेन्चर पर्यटनलाई अघि सार्न लागिएको कार्कीले बताएका छन । तीन वटै ठाउँमा सञ्चालनमा आएपछि करिब ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ । काठमाडौंमा सबैभन्दा धेरै लगानीमा भिल्लासहितको एड्भेन्चर सुरु गर्ने लागिएको ‘एरिया ३००’ कम्पनीका प्रबन्ध निर्देशकसमेत रहेका कार्कीले बताए ।

    पर्यटकलाई लामो समयसम्म गन्तव्यमा राख्न सक्ने गरी आवास तथा अन्य मनोरन्जनात्मक गतिविधि पनि समेटिने उनको भनाइ छ । यस कम्पनीमा गैरआवासिय नेपाली संघका पुर्व अध्यक्ष महेश श्रेष्ठलगायतको पनि लगानी रहेको छ ।

    Post Views: 33
    प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार ०१:३०
    Advertisement
    संबन्धित शिर्षकहरु
    पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई
    अमेरिकामा विदेशी विद्यार्थी र पत्रकारको बसाइ घटाउने नियममा अदालतको रोक
    सविधान संशोधनमा सर्वोच्चको ठीक समयमा आएको गतिलो आदेश
    Advertisement
    ताजा अपडेट
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. अमेरिकामा विदेशी विद्यार्थी र पत्रकारको बसाइ घटाउने नियममा अदालतको रोक

    • ३. सविधान संशोधनमा सर्वोच्चको ठीक समयमा आएको गतिलो आदेश

    • ४. अस्ट्रेलियाको अध्यागमन नीतिमा ठूलो फेरबदल: विधार्थीले डिपेन्डेन्टमा आफन्त लैजान नपाउने !

    • ५. एनआरएनको लागानीमा धादिंडको धार्केमा ३ अर्ब रुपैयाँमा बन्जी र स्काईवाक निर्माण हुँदै

    चर्चित
    • १. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • २. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.